Advertisement Banner
Advertisement Banner

२४ बिहिबार, पौष २०८२20th November 2025, 6:33:20 pm

पर्सामा अर्को आदेश नभएसम्म निषेधाज्ञा जारी

२१ सोमबार , पौष २०८२३ दिन अगाडि

पर्सामा अर्को आदेश नभएसम्म निषेधाज्ञा जारी

पर्सामा झडपको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । धार्मिक तथा सामाजिक विषयलाई लिएर उत्पन्न तनाव र सम्भावित अवस्थालाई मध्यनजर गर्दै पछिल्लो समय सुरक्षा संवेदनशीलता बढेको अवस्थामा शान्ति कायम गर्न निषेधाज्ञा जारी गरेकाे हाे ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार वीरगञ्ज महानगरपालिकाका मुख्य तथा संवेदनशील क्षेत्रहरूमा निषेधाज्ञा जारी गरिएको बताइएकाे छ । समितिको निर्णयअनुसार पुस २१ गते दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको सूचनामा जनाइएकाे छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा हस्ताक्षेरित सूचनामा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम शान्ति सुरक्षा कायम राख्नका लागि तोकिएका क्षेत्रहरूभित्र कुनैपनि किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा प्रतिवन्ध लगाइएको उल्लेख गरिएकाे छ ।

सूचना अनुसार पूर्वमा बसपार्क क्षेत्र, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शङ्कराचार्य गेटसम्म निषेधाज्ञा लागू हुने उल्लेख छ । उक्त आदेशको उल्लङ्घन गर्ने जोसुकैलाई नियन्त्रणमा लिई कानूनबमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको समेत दिइएकाे छ ।