Advertisement Banner
Advertisement Banner

२४ बिहिबार, पौष २०८२20th November 2025, 6:33:20 pm

बालिकाहरुलाई यौनजन्य कृयाकलापमा संलग्न गराउने २ जना पक्राउ

२१ सोमबार , पौष २०८२२ दिन अगाडि

बालिकाहरुलाई यौनजन्य कृयाकलापमा 
संलग्न गराउने २ जना पक्राउ

२०८२।०९।१२ गते जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका २६ संचयकोष चोक नजिक सडक खण्डमा बा. २ ज २३२७ नं. को ट्याक्सीमा शङ्कास्पद तवरले २ जना बालिकाहरूलाई राखी लिएर जान लागेको अवस्थामा फेला पारी उक्त ट्याक्सीको पछाडी सिटमा रहेका निजहरूलाई उद्धार गरिएको र ट्याक्सी भित्र रहेका राजन तामाङ र लक्ष्मण तामाङले विभिन्न मितिमा विभिन्न व्यक्तिहरूसँग महिलाहरूको फोटो आदान प्रदान तथा रकमको विषयमा सौदाबाजी समेत गरेको र महिला तथा बालबालिकाहरूलाई ललाई फकाई यौनजन्य क्रियाकलापमा संलग्न गराउने गरेको देखिएकोले निजहरूलाई पक्राउ गरी अभद्र व्यवहार कसूर र मानव बेचबिखन तथा ओसारपसार कसूर उपर अनुसन्धान भइरहेको । 
पक्राउ परेका मानिसहरू
१। जिल्ला, काभ्रेपलान्चोक पनौती नगरपालिका १ घर भइ जिल्ला ललितपुर, गोदावरी नगरपालिका १ बस्ने वर्ष २६ को राजन तामाङ 
२। जिल्ला दोलखा, मेलुङ गाउँपालिका ६ घर भइ जिल्ला काठमाडौं, लोलाङ बस्ने वर्ष ३४ को लक्ष्मण तामाङ 
बरामद सामानहरू
१। बा. २ ज २३२७ नं. को ट्याक्सी थान  १ 
२। मोबाइल थान  १
३। मोबाइल थान  १ 
साथै, प्रतिवादी लक्ष्मण तामाङको हकमा जिल्ला प्रहरी कार्यालय दोलखामा मिति २०७३–०६३० गते कर्तव्य ज्यान सम्बन्धी कसूर मुद्दा दर्ता भएको देखिएको ।