
प्रजातान्त्रिक राष्ट्रवादका पक्षधर मञ्जुर वल्र्डको ७२ औं जन्म जयन्ति र वृहत कार्यशाला गोष्ठीको लागि तयारी वैठक २०८२ पौष १९ गते, शनिबार जय नेवाः महाअभियानको कार्यालय ग्वार्को चोक, ललितपुरमा श्रद्धाञ्जली सभाका साथै देशको समसामयिक विषयमा गम्भीर चिन्तन मनन कार्यक्रम सम्पन्न भएको छ ।
“राष्ट्रिय भावनालाई बलियो बनाउन र राष्ट्रियता प्रति समर्पित रहने मञ्जुर वल्र्डको सम्झना गर्ने अवसर बचाउन समेत प्रयास गर्नु पर्ने भएको छ । आजसम्म उनी बाँचीरहेको भए “हाम्रो जलस्रोत र खुल्ला सिमाना” का चुनौतीको सामना गर्ने एउटा प्रवल योद्धा हाम्रा अगाडी भैरहेको हुन्थे ।” – नेपालका दार्शनिक स्व. कमलराज रेग्मीले मञ्जुर वल्र्डले लेख्नु भएको उद्गार आज पनि त्यत्तिकै समसामयिक र सान्दर्भिक छ । वृहत कार्यशाला गोष्ठी पाल्पा जिल्लामा नै गर्नु पर्ने कारण उल्लेख गर्दै संस्थाको रजत स्मारिकामा स्व.कमल राज रेग्मीले माथीको विवरण २०५६ सालमा लेख्नु भएको थियो ।
संवैधानिक राजा भएर २१औं शताब्दी अनुसार राज्य संचालन गर्न प्रतिवद्ध राजा वीरेन्द्रको २०५८ जेष्ठ १९ गते, शुक्रबार रातको ९ः१५ बजे वंशै विनाशको बेला देखि वर्षेनी हामी श्रद्धा सुमन चढाउदै आएको २५ वर्ष पुग्यो तर परिणाम केही आएन, २० बाट १९ पनि भएन परिणाम दिन प्रतिदिन दुर्गति तिर नेपालको राष्ट्रिय राजनीति दू्रत गतिमा अघि बढी रहेको छ । सकारात्मक परिणाम ल्याउन श्रद्धाञ्जली स्वरुप यो वृहत कार्यशाला गोष्ठीको कार्यक्रम राखेको थियो ।
नासो भनेको बस्तु जसले बुझाएको हो त्यसैलाई बुझाउनु पर्छ । संग्राहालयमा राख्ने बस्तु होइन, श्रीपेच आम जनताको चासोको विषय र राष्ट्रको अखण्डतासंग जोडेको हाम्रो गौरवको चिन्ह हो । त्यो नासो फिर्ता लिने बेला भएको छ भन्ने सन्देश देशै भरी फैलाउने तयारी भैरहेकोछ ।
राष्ट्रनिर्माता श्री ५ वडा महाराजाधिराज पृथ्वी नारायण शाहको ३०४ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस, प्रजातन्त्रवादी, नेपालको स्वाभिमानलाई विश्व माझ उच्च स्थानमा राखेर नेपालको अक्षुष्णतालाई जोगाउनु हुने शान्तिप्रिय, जनप्रिय राजा वीरेन्द्रको ८१ औं जन्म जयन्ती तथा प्रजातान्त्रिक राष्ट्रवादका पक्षधर एवं राष्ट्रिय समाज सुधार संस्थाका संस्थापक केन्द्रीय अध्यक्ष एवं “न भूतो न भविष्यति” भने जस्तै २०४६ साल चैत्र २६ गते निर्दलीय व्यवस्थाबाट प्रजातान्त्रिक राजनीतिक व्यवस्था परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेर नेपालको राष्ट्रिय राजनीतिको खुल्ला वातावरणमा नेपाली जनतालाई राजनीतिक अभ्यास गराउनु हुने शहीद मञ्जुर वल्र्डको ७२ औं जन्म जयन्तीको सन्दर्भमा वहाँको योगदानलाई सम्झने कार्य भएको थियो ।
२०४४ वैशाख १ गते देखि वर्क परमिट प्रणालीलाई लागू गर्ने देशभक्त प्रधान मन्त्री मरिचमान सिंह श्रेष्ठ संग संगै शिक्षण पेशा अंगाल्नु भएका प्रमुख अतिथि माधव प्रसाद लामिछानेले गर्विलो प्रतिभा भएका मञ्जुर वल्र्डको जानकारी दिनु भएकोमा प्रसंसा गर्दै वहाँको विचार सशक्त ढंगवाट जनता समक्ष राख्नु पर्छ भन्नु भयो ।
सभापतित्व ग्रहण गर्नु भएका मंगल लाल मालीले मञ्जुर वल्र्डको विचार सदैव जाज्वल्यमान हुनेछ भन्दै प्रजातन्त्रको पूर्ण स्थापना भए पछि वहाँको रहस्यमय ढंगबाट मृत्युवरण भोग्न वाध्य हुनु भयो विशाल नेपाल, वर्क परमिट, जलमार्ग र विकाशको लागि राजनीति भन्ने सिद्धान्तको प्रतिपादन गर्नु हुने वहाँले ३० को दशकमा गर्नु भएको कार्यक्रम सानो कोठामा सिमित हुनु परेको बारे आत्मसमिक्षा गर्नु पर्छ यो कार्यक्रम लाखौं जनताको विचमा गर्नपर्ने कार्यक्रम थियो भन्नु भयो ।
जय नेवाः अभियानका अध्यक्ष विजय खड्गीले राजसंस्था स्थापना हुना साथ लाखौं राजावादीहरूको दोकान बन्द हुने चर्चा गर्दै राजावादीहरूले नै राजा स्थापना नगर्ने रणनीति अपनाउँदै छ भन्नु भयो तसर्थ राजा ज्ञानेन्द्रले २० वर्षसम्म धैर्य गर्नु भयो भने हामीले पनि केही समय धैर्य गरौं भन्नु भयो वहाँले अब राष्ट्रवादी र राष्ट्रघातीको कित्ताकात भएर अबको राष्ट्रिय राजनीति अघि बढ्छ कोही दरिलो व्यक्तितव आएर जय नेवाः अभियान चलाई दिनुस म वहाँको कार्यकर्ता भएर हिंड्न तयार छु भन्नु भयो ।
फोटो पत्रकार विष्णु सिंह डंगोलले मलाई अदृष्य शक्तिले दिईराखेको सन्देश भनेको धर्म र संस्कृति जोगाउनमा राजाको ठूलो भूमिका हुने भएकोले राजा स्थापित गर्न नसके नेपालीहरू असुरक्षित हुने बताउनु भयो ।
मञ्जुर वल्र्डका बहिनी नीरा रंजितले बोलेर केही हुनेवाला छैन, हामीले सडक कार्यक्रम गरेर आएको २३ वर्ष भयो, कतैबाट सुनवाई हुँदैन, मेरो दाजुले सम्झौता गरेको भए वहाँ पनि ठूलो नेता र पैसा वाला हुने थियो मेरो दाजुले सदैव राष्ट्रलाई माथी राख्नु भयो । नारायणीको तिरै तिर हुँदै वंगालको घाटीसम्म पैदल यात्रा गरेर जलमार्गको सम्भावना नेपालमा छ भनेर विचार गोष्ठी गरेर जनमत श्रृजना गर्नु भएको थियो ।
माया पाण्डेले “संकलन” किताबमा मञ्जुर वल्र्डका फोटो राजा वीरेन्द्रका फोटो, राजा ज्ञानेन्द्रको फोटो र डा. केशर जङ्ग रायमाझीको फोटो राखेर देशलाई जोड्न खोजेको रहस्य मैले बल्ल बुझें मञ्जुर वल्र्डको मार्ग चित्रमा हिंड्न सके देशको भलो मात्र हुने होइन राजसंस्था छिट्टै स्थापना हुने देखेको छु तर जनता राजा राजा भनि राखेका छन । राजालाई जनताको विच घुलमिल गर्न नदिने खेल भैराखेको छ भन्नु हुँदै वहाँले राजा जहाँ बसे पनि हामीलाई दरबार जस्तै लाग्छ रणनीतिका रुपबाट गोष्ठीबाट निकाले निष्कर्ष लिएर राजा भएको स्थानमा नै हामी धर्ना वस्छौं भन्नु भयो ।
संस्थाका संयोजक शंकर मघैयाले राष्ट्रवाद र प्रजातन्त्रसंग संगै दो¥याउनु पर्छ भन्ने मान्यतामा विस्वास गर्ने मञ्जुर वल्र्डलाई मैले नेता मानेको छैन श्रद्धेय अध्यक्षको भारी विसाउने कुनै स्थान नभएकोले सकि नसकि एक्लै भए पनि लागी परेको छु नेता शब्दको घोर दुरुपयोग भैराखेकोले नेता भन्ना साथ जताले घृणा गर्छन, नीति नभएको नेता हुन सक्दैन भन्दै हामीले अपेक्षा गरे अनुसारको भाद्र २३, २४ गतेको जन विद्रोहले म्याग्नाकार्ता बन्ने ठोकुवामा समेत प्रश्न चिन्ह उठेको छ । त्यस दिन सहादत बन्नु भएको पारुहाङ्ग कुथुमी राईले मञ्जुर वल्र्डका इच्छा आकांक्षा राम्रोसंग चिनेको र बुझेकोले वहाँलाई संस्थाको जिम्मेवारी सुम्पने पुस्तान्तरण गर्ने चाहना अधुरै रहन गयो भन्नु भयो ।
२०५८ सालमा दरबार हत्याकाण्डको बेला देखि नै राष्ट्रिय एकता सम्वद्र्धन गर्न सबैलाई बोलाएर पृथ्वीनारायण शाहको दिव्य उपदेशको प्रचार प्रसार गर्दै आउनु भएका पर्यटन व्यवसायी तथा अभियन्ता भरत बस्नेतको सभापतित्वमा भएको सो कार्यक्रम राष्ट्रवादीहरूको साझा संगठनका अध्यक्ष प्रा.डा. उत्तमकृष्ण कर्माचार्यले संसारभर अहिले पनि ६२ वटा देशहरूमा राजाको नेतृत्वमा देश राम्रोसंग सञ्चालन हुँदै आएको छ नेपालमा राजसंस्थालाई हटाउने, दरबार भित्रै राजाको हत्या गर्न, भएको राजालाई लगार्ने काम किन हुँदैछ ? मै हुँ भन्ने अभियन्ताहरूले यस बारे नेपालमा भएका राजदुतहरूलाई बोलाएर किन बहस गर्न नसकेको भन्ने प्रश्न गर्नु भयो । उक्त गोष्ठी ॐ राष्ट्रप्रेमी समृद्ध नेवाः अभियानका अध्यक्ष इ. सुरेश रत्न वज्राचार्यको पहलमा भोजन गृह डिल्लीबजारमा भएको थियो । छरिएर रहेका विभिन्न समूहलाई एकिकृत गरी पृथ्वीपथमा लाग्न राजा ज्ञानेन्द्रबाट गरिबक्सेको आव्हानलाई साकार पारी राष्ट्रिय एकतालाई सुदृढ पार्ने विषयमा एक्येवद्धता जनाएको थियो ।
विपी कांग्रेसका नेता जे.एन. घिमिरेले यसबारे निष्कर्ष निकाल्न सबैलाई समेतेर विचार गोष्ठीले निष्कर्ष निकाल्नु पर्छ भन्नु भयो भने धबल शमशेर जबराले पौष २७ गते राष्ट्र निर्माताको शालिकमा राष्ट्रिय झण्डामुनी गोलवद्ध भएर राजसंस्था स्थापना गर्ने कार्यक्रमको थालनी गरौं भन्नु भयो ।
भरत राज गिरीले अहिले देशको मूल समस्या भनेका पुस्तान्तरण गर्न नसक्दाको परिणाम अराजकता हो । कार्यशाला गोष्ठीमा म लगायत वौद्धिक व्यक्तिहरूको ठूलो वर्गलाई यस अभियानमा जोड्ने छौं भन्न भयो ।
जय नेवाः अभियान काठमाण्डौले टोपी दिवसको दिन बसन्तपुर कुमारी मन्दिरमा एक ¥यालीको आयोजना गरी देशलाई धर्म संस्कृति र राजा अति आवश्यक भएको बारे प्रकाश पार्दै वरिष्ठ पत्रकार प्रेम कैदी, नरेशमान सिंह, कृष्ण बहादुर वज्राचार्य, सुनिलकर शाक्य, राकेश लाल श्रेष्ठ, कुमार बस्नेत, नविन शाही आदीले बोल्नु भएको थियो ।


