Advertisement Banner
Advertisement Banner

२४ बिहिबार, पौष २०८२20th November 2025, 6:33:20 pm

चिसाे ह्वात्तै बढ्याे, तत्काल वर्षाकाे सम्भावना छैन

२२ मंगलबार , पौष २०८२२ दिन अगाडि

चिसाे ह्वात्तै बढ्याे, तत्काल वर्षाकाे सम्भावना छैन

काठमाडौं उपत्यकालगायत मुलुकभर चिसाे ह्वात्तै बढेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार चिसाे बढेसँगे काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियसमा झरेकाे छ ।

बिहान काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन गरिएकाे महाशाखा जनाएकाे छ । यता पहाडमा चिसो बढ्दा तराई-मधेशका जिल्लाहरूमा पनि बिहानपख बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेकाले जनजिवन प्रभावित बनेकाे छ ।

महाशाखाका अनुसार चिसाे बढे पनि हिउँदे वर्षाको सम्भावना भने तत्काल नदेखिएको बताइएकाे छ । अहिले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च हिमाली भेगमा फाट्टफुट्ट हिमपातको सम्भावना रहे पनि अन्यस्थानकाे मौसम सामान्यतया सफा रहने छ।