
नेपाल लेयर्स कुखुरापालक संघले फार्महरूसँग लिएको मूल्यलाई एकीकृत गरी आजबाट अण्डाको मूल्य घटाएकाे छ । संघले प्रतिक्रेट अण्डामा ९० रुपैयाँ घटाउन लागिएकाे बताएकाे हाे ।
जसअनुसार ठूलो अण्डा ५ सय ६५ प्रतिक्रेट पुगेकोमा मूल्य घटेर ४ सय ७५ मा आउने भएकाे हाे । त्यसैगरि मिडियम अण्डा प्रतिक्रेट ५ सय ५० बाट ४ सय ६० मा झरेको संघले जनाएकाे छ ।
मूल्य घटेसँगै उपभोक्ता मूल्य प्रतिगोटा २५ रुपैयाँबाट २० रुपैयाँमा झारिएको छ । संघका अनुसार मुलुकभर जाडाे बढेसँगै हिमाली भेगमा विद्यालय बन्द भएकाे, पर्यटकको आगमन कम भएकाे र अण्डा उत्पादन निरन्तर भएका कारण अण्डाकाे मूल्य घटेको हो ।
संघका अध्यक्ष विनोद पोखरेलका अनुसार पहिलेको तुलनामा उत्पादन बढी र खपत कम र भएकाले अण्डाकाे मूल्य घटेकाे भएपनि जाडो कम हुँदै गएपछि जनजीवन सहज हुने र पुनः अण्डाको माग बढ्ने बताउँदै संघले बजारको अवस्थाअनुसार अण्डाको समर्थन मूल्य तलमाथि गर्ने गरेको उल्लेख गरेका छन ।


