Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

टी-२० विश्वकपका लागि नेपाली राष्ट्रिय टिमको जर्सी सार्वजनिक

२२ मंगलबार , पौष २०८२९ महिना अगाडि

टी-२० विश्वकपका लागि नेपाली राष्ट्रिय टिमको जर्सी सार्वजनिक

नेपाल क्रिकेट संघ (क्यान)ले आइसीसी विश्वकप २०२६ का लागि नेपाली राष्ट्रिय पुरुष टिमको जर्सी सार्वजनिक गरेकाे छ । क्यानले आइसीसी टी-२० विश्वकप २०२६ खेल्ने नेपाली टिमको लागि आइसीसी विश्वकप २०२६ को ट्रफीसँगै विश्वकप खेल्ने जर्सी सार्वजनिक गरेको हो ।

नेपाली राष्ट्रिय पुरुष टिमको जर्सी गाढा निलो रंगमा चन्द्र र सूर्य अंकीत रहेको छ । समर्थकहरूका लागि जर्सी नेपाली रुपैयाँ ७ सय ९९ रुपैयाँमा उपलब्ध गराउने भाटभटेनी होल्डिङका म्यानेजर आलोक गुरुङले जनाएका छन् ।

नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले नेपालका विभिन्न विश्व सम्पदा सूचीमा परेका क्षेत्रहरूमा विश्वकप २०२६ को ट्रफी टुर गराइने बताउँदै विश्वकपको ट्रफी सगरमाथा बेस क्याम्प लाने कार्यक्रम रहेपनि मौसमका कारणले उक्त ठाउँमा लान नसकिएन बताए ।