Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

आईसीसी टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा

२३ बुधबार , पौष २०८२९ महिना अगाडि

आईसीसी टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा

आगमी वर्ष २०२६ मा भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकपका लागि नेपाल क्रिकेट टोली घोषणा गरिएकाे छ । विश्वकपका लागि नेपाल क्रिकेट संघ (क्यान)ले १५ सदस्यीय नेपाली टोली घोषणा गरेको हाे ।

रोहित पौडेलको कप्तानीमा घोषित टोलीमा दीपेन्द्र सिंह एरी(उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बासिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुलसन कुमार झा, ललित राजवंशी, शेर मल्ल, लोकेश बम रहेका छन् ।

जसमा एनपीएल २०२५ मा उत्कृष्ट प्रदर्शन गर्दै उदीयमान खेलाडी घोषित भएका शेर मल्ल पहिलोपटक सिनियर टोलीमा स्थान बनाउन सफल भएका छन् भने बसिर अहमद पनि विश्वकप खेल्ने टोलीमा समावेश भएका छन् । यता विश्वकपको एसिया इएपी छनोटमा खेलेका कुशल मल्ल र मोहम्मद आदिल आलम भने अन्तिम १५ मा समेटिएनन् ।

विश्वकपमा नेपालसहित २० राष्ट्रले सहभागिता जनाउने छन् भने नेपाल समूह ‘सी’ मा रहेको छ । नेपालले मुम्बईको वाङखाडे रंगशालामा माघ २५  मा इंग्ल्यान्ड, माघ २९ गते इटाली, फाल्गुन ३ गते वेस्ट इन्डिज र फाल्गुन ५ गते बंगालादेशसँग अन्तिम खेल खेल्नेछ ।