Advertisement Banner
Advertisement Banner

२५ शुक्रबार, पौष २०८२9th January 2026, 2:05:00 am

नेपाल मुक्तक प्रतिष्ठानको अध्यक्षमा रामकाजी कोने

२३ बुधबार , पौष २०८२एक दिन अगाडि

नेपाल मुक्तक प्रतिष्ठानको अध्यक्षमा रामकाजी कोने

नेपाल मुक्तक प्रतिष्ठान, केन्द्रीय समिति काठमाडौँको हिजो राजधानीमा सम्पन्न बाह्रौँ साधारणसभाले मुक्तककार रामकाजी कोनेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।

प्रतिष्ठानको उपाध्यक्षमा राधेश्याम लेकाली, महासचिवमा यादव भट्टराई, सचिवमा बादल घिमिरे, कोषाध्यक्षमा दिव्य गिरी र सदस्यहरूमा ई। विष्णुबहादुर सिंह र गुप्तबहादुर श्रेष्ठ चयन हुनुभएको छ ।

यसैगरी संस्थाको सल्लाहकारमा वियोगी बुढाथोकीलाई मनोनयन गरिएको छ भने ज्ञानुवाकर पौडेल, तीर्थ श्रेष्ठ र प्रा। डा। लक्ष्मणप्रसाद गौतम प्रतिष्ठानको सल्लाहकारमा यथावत् रहनुभएको छ । सभाले निशा के. सी. लाई मिशिगन राज्य, अमेरिकाको च्याप्टर निर्माण गर्न जिम्मेवारी दिएको छ ।

यसअघि सो साधारणसभामा प्रतिष्ठानका महासचिव यादव भट्टराईले प्रस्तुत गर्नुभएको महासचिवको प्रतिवेदन र कोषाध्यक्ष निशा के। सी। ले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।

प्रतिष्ठानले आगामी २०८२ माघ १८ गते मुक्तक दिवस तथा प्रतिष्ठानको वार्षिकोत्स समारोह आयोजना गर्ने पनि जनाएको छ ।