Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

राप्रपाका अध्यक्ष लिङ्देन र रवि लामिछानेबीच भेटवार्ता

२४ बिहिबार , पौष २०८२९ महिना अगाडि

राप्रपाका अध्यक्ष लिङ्देन र रवि लामिछानेबीच भेटवार्ता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएकाे छ । अध्यक्ष लिङ्देनले रास्वपाका सभापति लामिछानेसँग लामिछानेको बूढानीलकण्ठस्थित निवासमा आज बिहान भेट गरेका हुन् ।

दुई नेताबीच बिहान भएको भेटमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनबारे छलफल भएको र दुई दलबीचका आपसी विषयमा पनि संवाद भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जनाएका छन् । यसअघि लिङ्देनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट गरेका थिए ।

यहि पुष २७ गते राप्रपाले मनाउन लागेको राष्ट्रिय एकता दिवसमा सहभागिताको लागि निम्तो दिन अध्यक्ष लिङ्देन लामिछाने निवास पुगेकाे भएपनि उनिहरूबीच फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका विषयमा समेत छलफल भएको बताइएकाे छ ।