Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

गुरुहरुले प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसार गर्न नपाउने

२५ शुक्रबार , पौष २०८२९ महिना अगाडि

गुरुहरुले प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसार गर्न नपाउने

आगनी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको शिक्षक तथा प्राध्यापकहरुले प्रचारप्रसार गर्न नपाउने भएका छन् । उनीहरुले राजनीतिक दल र उम्मेदवारहरुको पक्ष र विपक्षमा सामाजिक सञ्जालमा सामग्री पोष्ट गर्न नपाउने भएका हुन् ।

शिक्षक तथा प्राध्यापकहरुले स्वीकृत निर्वाचन आचारसंहिता, २०८२ अनुसार सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचार प्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा प्रतिक्रिया दिन नपाइने व्यवस्था गरेको हो । उक्त आचारसंहिता माघ पहिलो साताबाट लागु हुँदैछ ।

त्यसैगरी शिक्षकहरुले सामाजिक सञ्जालमार्फत मत माग्न नहुने आचरण तोक्दै निर्वाचन आयोगले तयार पारेको निर्वाचन शिक्षामूलक कार्यक्रम गर्न वा सो सम्बन्धी सामग्री टाँस्न बाहेक उनीहरूलाई राजनीतिक प्रकृतिको कार्यक्रम गर्न वा उम्मेदवार वा राजनीतिक दलको निर्वाचन प्रचारप्रसारका सामग्री राख, टाँस्न वा प्रचार प्रसार गर्न निषेध गरिएको छ ।