
नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना रानालाई नियुक्त गरिएको छ । काउन्सिलको निवर्तमान अध्यक्ष सरला केसीको कार्यकाल समाप्त भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रानालाई नयाँ अध्यक्षका रूपमा नियुक्ती गरेको हो ।
त्यस्तै काउन्सिलको उपाध्यक्षमा रोशनीलक्ष्मी तुइतुइ नियुक्त भएकी छन् । काउन्सिलको अध्यक्ष र उपाध्यक्षसहित सदस्यहरूमा संगीता श्रेष्ठ, हिरा निरौला र सरला केसी नियुक्त भएका छन्।
काउन्सिलको व्यवस्था अनुसार नवनियुक्त अध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरूको कार्यकाल चार वर्षको रहने छ ।


