Advertisement Banner
Advertisement Banner

२८ बिहिबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

सुनको मूल्य बढ्दा चाँदीको मूल्य घट्यो

२५ शुक्रबार , पौष २०८२२ महिना अगाडि

सुनको मूल्य बढ्दा चाँदीको मूल्य घट्यो

आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २ हजार १ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा ५५ रुपैयाँ घटेको छ ।  

आज सुन प्रति तोलामा २ हजार १ सय रुपैयाँले बढेर २ लाख ६७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहीबार सुन तोलाको २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी तोलामा ५५ रुपैयाँ घटेर ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी तोलाको ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।