Advertisement Banner
Advertisement Banner

२७ आइतबार, पौष २०८२9th January 2026, 2:05:00 am

नेकपाका संयोजक लोकनारायण सुबेदीको वक्तव्य

२६ शनिबार , पौष २०८२१६ घण्टा अगाडि

महत्वपूर्ण निर्णयकासाथ नेपाल कम्युनिष्ट पार्टी सचिवालयको बैठक सम्पन्न भएको छ । बैठकले गरेका निर्णयहरु यसै प्रेस बिज्ञप्ति मार्फत सार्बजनिक गरिएको छ । 
१.निर्बाचन सम्बन्धि  निर्णय 
नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले बर्तमान राष्ट्रिय अन्तर्राष्ट्रिय गम्भीरतम र जटील राजनीतिक संकटको परिप्रेक्षमा  साम्राज्यबाद, यथास्थितिबाद र प्रतिगमन बिरुद्ध अग्रगामी राजनीतिक निकासका लागि आन्दोलनमा केन्द्रित हुनुपर्ने महत्वपूर्ण निष्कर्शमा पुगेको छ ।  यथास्थितिमा रहेको उत्पादन सम्बन्ध र तदजन्य स्थितिमा गरिने गरेका परम्परागत निर्वाचन र बहिष्कार दुबैले बिकसित बर्तमान  राजनीतिक संकटको सही निकास  दिन नसक्ने निष्कर्शमा  बैठक पुगेको  हो ।  बैठकले नेपाल कम्युनिष्ट पार्टीको मूल धेय नयाँ जनबादी क्रान्तिको चरण पार गर्दै बैज्ञानिक समाजबादमा पदार्पण गर्ने भए पनि त्यस पूर्बको बर्तमान उपचरणमा अग्रगामी राजनीतिक निकासका लागि निम्न निचोडमा पुगेको छ ।
२.बर्तमान संकटको निकासको बाटो 
बर्तमान स्थितिको न्यूनतम  सही निकास भनेको अग्रगामी शक्तिहरुको सर्बपक्षीय सहमतिमा अन्तरिम स्वाधीन सरकार मार्फत राजनीतिप्रतिको जन बितृष्णा र गुम्दो जन विश्वास पुनःस्थापित गर्ने, सर्वपक्षीय विचार–विमर्शमार्फत साझा जन संविधान निर्माण गर्ने र दीर्घकालीन संरचनाबाट सुशासन, पारदर्शिता, पूर्ण समानुपातिक(हरेक बर्ग,क्षेत्र, लिंग समुदायबाट निर्वाचित हुने)   प्रतिनिधित्व र दीगो विकास सुनिश्चित गर्ने प्रक्रियामा दृढताकासाथ लैजाने छ जसमा मजदुर, किसान, महिला, यूवा बिद्यार्थी, बिभिन्न  जातीय क्षेत्रीय समुदायको समानुपातिक प्रतिनिधित्वको सुनिश्तिता हुन सक्दछ र यसरी मात्र देशले नयाँ जन राष्ट्रिय एकता, स्वाधीनता, स्थिरता, अन्तर्राष्ट्रिय सम्बन्धमा सन्तुलन, जनजीवनको सुरक्षा, र जनतान्त्रिक प्रणालीलाई बलियो बनाउन सक्छ । 
यसले भ्रष्टारमाथि कडा प्रहार गर्दछ र सबै भ्रष्टाचारीलाई बिना मोलहीजा कारबाहीको दायरामा ल्याएर सबै प्रकारको अबैध सम्पत्तिको राष्ट्रियकारण गर्छ । यूवा बेरोजगारीको अन्त्य गर्न रोजगारीको सुनिश्चितका लागि कृषि, कृषिजन्य उद्योग, पर्यटन र सामाजिक सेवा अन्तरगत राष्ट्रिय रोजगारी पैदा गर्ने ठोस र प्रभावकारी नीति अघि सार्दछ । 
देशको सार्बाभौमिकता र राष्ट्रियताको पक्षमा निशर्त दृढतापूर्बक खडा र संघर्षशील राजनीतिक दल, नागरिक समाज, श्रमिक,(मजदुर किसान) महिला, युवा, क्षेत्रीय र सामुदायिक प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गर्दछ  ।
क्रान्तिकारी भूमिसुधार, राष्ट्रिय औद्योगिकरण र आम बिद्यूतिकरणको एकीकृत एकमुष्ठ(प्याकेज) नीतिका साथ राष्ट्रिय आत्मनिर्भरताको राष्ट्रिय अर्थतन्त्र र सामाजिक न्यायको दिशामा सक्रियता र दृठताकासाथ अग्रसर हुन्छ ।
यसरी जनता र राष्ट्रलाई केन्द्रमा राखेर तिनलाई सबल, सक्षम र समुन्नत तुल्याउनमा रहेका बाह्य र आन्तरिक बाधा ब्यवधानहरु हटाउने  एक पछि अर्को आवश्यक, दृढ र सामयिक कदम र  उपायहरु निरन्तर अघि सार्दै नेपाली समाजलाई जनबाद हुँदै बैज्ञानिक समाजबादको उच्च चरणतर्फ प्रवेश गराउने अनुकूल बातावरण सिर्जना गर्दछ ।
यिनै महत्वपूर्ण राजनीतिक, आर्थिक र सामाजिक कुरालाई जन समक्ष राख्दै देश यतिबेला ‘अगाडि बढे खाडलमा खस्ने पछाडि सरे कुवामा फँस्ने’ उखान जस्तो चक्रब्यूहमा  जानाजान जाकिने  अबस्था रहेको र बाह्य हस्तक्षेप पनि अपूर्बरुपमा बढिरहेको, करीब ६० लाख जति यूवा मतदाता देश बाहिर जान बाध्य भएको, जेलका संगीन अपराधीहरु बिद्रोहका नाममा हातहतिरयार सहित छाडिएको र तिनका बारेमा सत्यतथ्य के हो नेपाली जनतालाई प्रष्टसँग नबताइएको, चुनावमा फेरि पनि बहिर्मुखी, भ्रष्ट, नब भ्रष्ट र कमिशन खोर र सत्ताका दलालहरुको बर्चश्व मूलतः रहने भयावह स्थिति रहिरहेको त्रासद परिस्थितिमा निष्पक्ष, स्वतन्त्र र भयरहित बातावरणमा चुनाव सम्पन्न हुने, त्यसले जनता राष्ट्रका समस्या हल गर्ने  कुनै गुञ्जायश नरेहको र अहिलेसम्मको कुनै अनुभव पनि त्यस्तो नभएको सन्दर्भमा  संदिग्ध यस्तो चुनावमा सहभागी भएर जनतालाई यसले निकास दिने  कुरा बहिर्मुखुी र परिनिर्भर सत्ताले दोहो¥याए जस्तै  दोहो¥याउनु कुनै पनि अर्थ छैन ।  त्यसमाथि स्वाभिमानी, देश र जनताको हितमा लामो समयदेखि अनबरत संघर्षशील र कृयाशील भइरहेको नेपाल कम्युनिष्ट पार्टी जस्तो दललाइ त्यो  सोभनीय नहुने, त्यसमाथि हाम्रो नेपाल कम्युनिष्ट पार्टीसँग जानाजान मिल्दोजुल्दो नामको पार्टी दर्ता गरे गराएर जनतामा भ्रम छर्ने षडयन्त्र भइरहेको र ‘नेकपा’ लेखेर, बोलेर र सुनाएर यस्तो अबाञ्छित अभियान ब्यापकरुपमा चालारहेको परिप्रेक्षमा त्यसको समेत भण्डाफोर गर्दै एकल तथा समान बिचार राख्ने राजनैतिक शक्तिहरुसँग संयुक्त आन्दोलनमा जाने निर्णय बैठकले लिएको छ । 
३. बैठकले अमेरिकी साम्राज्यबादले भेनेजुएलमाथि गरेको नाङ्गो आक्रमणको जोडदार बिरोध गर्दै आगामी पुष ३० गते भेनेजुएलाप्रति ऐक्यबद्धता जनाउँदै माइतीघर मण्डलामा कार्यक्रम गर्ने निर्णय लिएको र त्यसको आबश्यक तयारीमा तत्कालैदेखि लाग्ने जिम्मा पनि दिएको छ ।
४. पूर्ब निर्णय अनुसार ‘नेपाल कम्युनिष्ट पार्टी महिला समुदायसँग’ राष्ट्रिय अभियान २०८२ लाई अघि बढाउन प्रारम्भिक कार्यको थालनी गर्ने र आगमी आठ मार्चमा राष्ट्रिय महिला भेलाकासाथ सम्पन्न गरिनु पर्ने अन्तार्राष्ट्रिय श्रमिक दिवस  सफल पार्न अहिलेदेखि नै आवश्यक कार्यभार पूरा गर्न  जिम्मेवारीकासाथ पार्टी  क्रियाशील हुने निर्णय गरेको छ । 
५.पार्टीलाई ब्यवस्थित, अझ एकताबद्ध र सुदृढ तुल्याउँदै अघि बढ्न नियमित अध्ययन र पार्टी प्रशिक्षण चलाउने समेत निर्णय बैठकले लिएको छ ।
६.बैठकले पार्टीलाई उत्पादनसँग जोड्ने र जनता र पार्टीलाई आत्म निर्भर तुल्याउने कार्ययोजनाकासाथ अघि बढ्न आवश्यक प्रारुप तयार गर्ने महत्वपूर्ण निर्णय पनि लिएको छ ।
७. बैठकले अन्तर्राष्ट्रिय जन एकता सुदृढ तुल्याउन भाइचारा शक्तिहरु र संगठनहरुसँगको एकताको खोजी गर्न पहल गर्ने समेत निर्णय लिएको छ ।