Advertisement Banner
Advertisement Banner

२८ बिहिबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

देशभरको मौसम सफा रहेपनि तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

२८ सोमबार , पौष २०८२२ महिना अगाडि

देशभरको मौसम सफा रहेपनि तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

अहिले मुलुकभरकाे माैसम मुख्यतया सफा रहेपनि तराई भू–भागका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेकाे छ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीकाे प्रभाव रहेकाे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो र राति पनि तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहने महाशाखाले जनाएकाे छ । त्यसैगरि महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने बताइएकाे छ ।

आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु लागेपनि देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । हुस्सु र कुहिरोका कारण तराई भू–भागमा चिसाे बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएकाे छ ।