Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

हरियो अकबरे खुर्सानी प्रतिकिलो ६ सय अन्य तरकारीकाे मूल्य कति ?

२८ सोमबार , पौष २०८२७ महिना अगाडि

हरियो अकबरे खुर्सानी प्रतिकिलो ६ सय अन्य तरकारीकाे मूल्य कति ?

आज हरियो अकबरे खुर्सानी प्रतिकिलो ६ सय रुपैयाँमा विक्रि भइरहेकाे कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएकाे छ । समितिका अनुसार हरियो अकबरे खुर्सानी प्रतिकिलो ६ सय रुपैयाँ थोक मूल्य निर्धारण गरिएकाे हाे ।

समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण यसप्रकार गरेको छ । जसमा समितिका अनुसार गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु १०० र प्याज हरियो प्रतिकिलो रु ५० निर्धारण गरिएकाे छ ।

त्यसैगरि समितिका अनुसार गाजर (लोकल) प्रतिकिलो रु ७०, गाजर (तराई) प्रतिकिलो रु ६०, बन्दा (लोकल) प्रतिकिलो रु ६०, बन्दा (तराई) प्रतिकिलो रु ५०, बन्दा (नरिवल) प्रतिकिलो रु ५५, काउली स्थानीय प्रतिकिलो रु १००, काउली तराई प्रतिकिलो रु ८०, सेतो मूला (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ८०, भन्टा डल्लो प्रतिकिलो रु ९० र मकै बोडी प्रतिकिलो रु ५० कायम गरिएको छ ।

मटरकोसा प्रतिकिलो रु ८०, घीउ सिमी (लोकल) प्रतिकिलो रु १५०, घीउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १२०, घीउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु १००, लौका प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ४०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५५, भिन्डी प्रतिकिलो १३०, सखरखण्ड प्रतिकिलो ८० र पिँडालु प्रतिकिलो रु ९० रुपैयाँ कायम गरिएको समितिले जनाएकाे छ ।

त्यस्तै बकुला प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु १२०, रातो बन्दा प्रतिकिलो रु २००, गाँठकोभी प्रतिकिलो रु ८०, कागती प्रतिकिलो रु १०० र सुन्तला (नेपाली) प्रतिकिलो रु १४५ निर्धारण गरिएको छ ।

त्यस्तै समितिका अनुसार अदुवा प्रतिकिलो रु ९०, खुर्सानी हरियो प्रतिकिलो रु १२०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १२०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ११०, भेडे खुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु ८०, हरियो धनियाँ प्रतिकिलो रु १००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु ३२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३४० निर्धारण गरिएको छ ।