Advertisement Banner
Advertisement Banner

०१ बुधबार, माघ २०८२9th January 2026, 2:05:00 am

सिन्धुलीकाे एसबीआई बैंकमा लुटपाट

०१ बुधबार , माघ २०८२४ घण्टा अगाडि

सिन्धुलीकाे एसबीआई बैंकमा लुटपाट

नेपाल एसबीआई बैंक सिन्धुली शाखामा हिजाे साँझ लुटपाट भएकाे छ । मुकुण्डो लगाएर आएका ६ जनाको सशस्त्र समुहले बैंक लुटपाट गरेका हुन् ।

सिन्धुली जिल्लाको घ्याङ्लेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकको शाखामा कार्यालयकाे बैंकका सुरक्षागार्डमाथि सांघातिक आक्रमण गरि ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटपाट भएकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार लुटपाटकाे क्रममा लुटेरा समूहले सुरक्षागार्ड रुद्र कार्कीमाथि धारिलो हतियार प्रहार गरी हात काटिदिएकाे र घाइते गार्डको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताइएकाे छ ।

हिजाे साँझ बैंकभित्र प्रवेश गरेका लुटेराहरूले त्यहाँ कार्यरत कर्मचारीहरूलाई नियन्त्रणमा लिई डोरीले बाँधेर बैंकको सेफमा रहेको ठुलो परिमाणको नगद र गरगहना लुटेरा नजिकैको जंगलतर्फ भागेका थिए । लुटपाटको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बस्तीपुर र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली घटनास्थल पुगेकाे थियाे ।

प्रहरी र स्थानीय बासिन्दाले जंगल क्षेत्रमा गरेको खाेजतलासकाे क्रममा जंगलबाट १ करोड ८० लाख १० हजार ५ सय रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीले जनाएका छन् ।

लुटेराहरू चढेर आएको टाटा सुमो र त्यसका चालक काभ्रेको बनेपाका बासिन्दालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लुटेराहरू बनेपाबाटै योजनाबद्ध रूपमा आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र लुटेराहरू जंगलतर्फ भागेकाले उक्त क्षेत्रलाई घेराबन्दी गरी खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।