Advertisement Banner
Advertisement Banner

०५ आइतबार, माघ २०८२9th January 2026, 2:05:00 am

लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ

०४ शनिबार , माघ २०८२१२ घण्टा अगाडि

लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं, ३ माघ । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका(३ हिलेखालि चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय सलिम भारतीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
    नवलपरासी पश्‍चिम, बर्दघाट नगरपालिका ४ टिसिएन चोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३ सय ९ एम्पुल, प्रोमेथाजाइन ३ सय ९ एम्पुल, बुप्रेनोर्फिन ३ सय ९ एम्पुल सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका(१६ बगर बस्ने २७ वर्षीय रितिक परियार, २३ वर्षीय रोहित घर्ती र मकवानपुर हेटौंडा उपमहानगरपालिका १२ बस्ने २४ वर्षीया श्रृजना बल रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
    यसैगरी नवलपरासी पश्‍चिम, रामग्राम नगरपालिका १० बाट नियन्त्रित लागूऔषध डाईजेपाम ३ सय ४७ एम्पुल, फेनारगन २ सय ४९ एम्पुल र बुप्रेनोर्फिन ३ सय एम्पुल सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका(२ हाटबजार बस्ने २६ वर्षीय बिशाल हरिजन र २७ वर्षीय मोहोमद सरिफ रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्‍चिम समेतबाट खटिएको प्रहरीले भैरहवाबाट परासीतर्फ आउँदै गरेको यूपि ४२ एएस ६८१८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
    सुनसरी, धरान उपमहानगरपालिका १४ गणेश चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९ ट्याब्लेट र स्पास्मो १ सय २ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २८ वर्षीय किरण भुजेललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिजयपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
    काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका ८ कोलनीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७ सय ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने पनौती नगरपालिका(२ घर भएका २४ वर्षीय सुबास तामाङलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय काभ्रे समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
    बाँके, नेपालगंज उपमहानगरपालिका(२० मनिकापुर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम र नगद १२ हजार ३ सय ६० रूपैयाँ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका(६ करातिपुर बस्ने ३५ वर्षीय संजय कुमार साहु र सोही नगरपालिका(५ बस्ने २० वर्षीय साहिद अली साई रहेका छन् । प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    यसैगरी बाँके, कोहलपुर नगरपालिका १३ सिराहस्थित जंगलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ५० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद २५ हजार रूपैयाँ सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय रेशम राना र चितवन भरतपुर महानगरपालिका(८ बस्ने २२ वर्षीय धिरन श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले रेशमले प्रयोग गरेको भे.७ प ६४८६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 
    कञ्चनपुर, भीमदत्त नगरपालिका ३ तिलकपुर बस्ने ३६ वर्षीय दिनेश दमाईलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 
    सिन्धुली, कमलामाई नगरपालिका ९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित झापा शिवसताक्षी नगरपालिका(३ बस्ने २७ वर्षीय विजय विकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३.००१ ख २८९ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
     यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
इलाम, २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा माई नगरपालिका ७ बस्ने २० वर्षीय कृष्ण योक्पाङदेनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कृष्णले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी महमाईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
    सुनसरी, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा इटहरी उपमहानगरपालिका १६ टिकुलिया टोल बस्ने २७ वर्षीय अमन सदालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अमनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।