
आजदेखि काठमाडौंमा ‘आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट’ सुरु हुँदैछ । नेपाली क्रिकेटको इतिहासमा कोशेढुंगा मानिएको उक्त खेल नेपालले आयोजना गर्न लागेको हाे ।
नेपालले आयोजना गर्न लागेको ‘आईसीसी महिलाटी-२० विश्वकप ग्लोबल छनोट’ अहिलेसम्मकै सबैभन्दा ठूलो र प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता समेत हो । नेपालले आजकाे पहिलाे खेल घरेलु मैदानमा इतिहास रच्ने लक्ष्यसहित बलियो प्रतिद्वन्द्वी थाइल्यान्डसँग खेल्ने तयारी रहेकाे छ ।
पहिलाे खेल आज काठमाडाैँकाे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । गत मे महिनामा थाइल्यान्डमा सम्पन्न एसिया क्षेत्रीय छनोटको सेमिफाइनलमा यूएईलाई हराएकाे नेपालले ऐतिहासिक यात्रा तय गर्दै नेपाली महिला टोलीले पहिलो पटक विश्वकपको ग्लोबल छनोट खेल्न लागेका हुन ।
नेपालसहित प्रतियोगितामा बंगलादेश, जिम्बावे, आयरल्यान्ड, स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, नामिबिया र अमेरिकालगायत १० राष्ट्र सहभागी हुने छन् भने सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा नेपाल सहित थाइल्यान्ड, नेदरल्यान्ड्स, जिम्बावे र स्कटल्यान्ड समूह ‘बी’ मा रहेकाे छ भने समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका रहेका छन् ।
समूहबाट शीर्ष ३ टोली ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्ने र सुपर सिक्सको समाप्तिपछि शीर्ष चारणमा रहने टोलीले सन् २०२६ को जुन-जुलाईमा इंग्ल्यान्ड र वेल्समा हुने ट्वान्टी-२० विश्वकप खेल्न पाउने छन् ।


