Advertisement Banner
Advertisement Banner

०५ आइतबार, माघ २०८२9th January 2026, 2:05:00 am

काठमाडौँ महानगरका प्रमुख बालेनले पदबाट राजीनामा

०५ आइतबार , माघ २०८२२ घण्टा अगाडि

काठमाडौँ महानगरका प्रमुख बालेनले पदबाट राजीनामा

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आज पदबाट राजीनामा दिने भएका छन् । महानगरकाे नेतृत्व सम्हालेको शाहले राष्ट्रिय राजनीतिमा सक्रिय हुने उद्देश्यले महानगरको प्रमुख पदबाट राजीनामा दिन लागेका हुन् ।

उपप्रमुख सुनिता डङ्गोललाई १६ महिनाको बाँकी कार्यभार सुम्पिएर शाहाले राजीनामा दिन लागेका हुन् । राजीनामा दिएपछि शाहा आज दिउँसो २ बजे बस्ने रास्वपा केन्द्रीय समितिको विशेष बैठकमा सहभागी हुने बताइएको छ ।

यता रास्वपाकाे आजको बैठकले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको नामावली टुङ्गो लगाउने बुझिएको छ । 

रास्वपा र बालेन शाहबीच भएको भनिएको आन्तरिक सहमतिअनुसार उनलाई पार्टीको ‘वरिष्ठ नेता’को जिम्मेवारी दिइनेछ भने रास्वपाले शाहलाई आगामी निर्वाचनमा ‘भावी प्रधानमन्त्री’का रूपमा अघि सार्ने बताइएको छ ।