
पूर्वयुवराज पारस शाह र काठमाडौं महानगरपालिका निवर्तमान मेयर बालेन शाह जनकपुरघामस्थित एकै होटलमा बास बसेका छन् । उनिहरू जनकपुरघामस्थित यात्री निवासमा बास बसेका हुन् ।
उक्त हाेटलमा पुगेका निवर्तमान मेयर तथा रास्वपाका वरिष्ठ नेता बालेन शाह पौने ५ बजे र पूर्वयुवराज पारस शाह बेलुकी ९ बजे होटलमा प्रवेश गरेका थिए । होटलका कर्मचारीसँगकाे कुराकानीमा पूर्वयुवराज पारसले पारिवारिक कामको सिलसिलामा जनकपुर आएको बताएका छन् ।
यता रास्वपाका वरिष्ठ नेता बालेन शाह भने आसन्न निर्वाचनको तयारीमा जनकपुर पुगेका हुन् । उनले हिजाे दिउँसाे काठमाडौं महानगरपालिकाकाे मेयरबाट राजीनामा दिएर बनस्थलीस्थित रास्वपाकाे पार्टी मुख्यालय पुगेर कार्यभार सम्हालेका थिए ।
आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने तयारी गरिरहेका बालेन शाहा र पारस एकै पटक जनकपुर पुग्नुलाई चासोका साथ हेरिएको छ ।


