Advertisement Banner
Advertisement Banner

०७ मंगलबार, माघ २०८२9th January 2026, 2:05:00 am

आज सोनाम ल्होसार विविध कार्यक्रम गरी मनाइँदै

०६ सोमबार , माघ २०८२१६ घण्टा अगाडि

आज सोनाम ल्होसार विविध कार्यक्रम गरी मनाइँदै

हरेक वर्ष झैँ यसवर्ष पनि तामाङ समुदायले विविध कार्यक्रमकाे आयाेजना गरि सोनाम ल्होसार अर्थात नयाँ वर्ष मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आज २८६२ औँ साेनाम ल्हाेसार मनाउन लागिएकाे हाे ।

मञ्जुश्री सम्वत अनुसार मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ग हुने भएकाले र जसअनुसार आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ग सुरु हुँदैछ । उक्त १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व धुमधामका साथ मनाउने गरिन्छ । यता काठमाडाैँकाे बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी याे पर्व मनाउने तयारी गरेकाे छ ।

त्यसैगरि नेपाल तामाङ घेदुङले यस पर्वका अवसरमा टुँडिखेलमा शनिबारदेखि विविध कार्यक्रम सुरु गरेको छ भने स्वयम्भू क्षेत्रमा पनि विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाउन लागिएको छ । टुँडिखेलमा आयोजित ल्होसार महोत्सव अन्तर्गत तामाङ समुदायका ताम्बा, बोन्बो र लामाहरूको विशेष सांस्कृतिक झाँकी, परम्परागत गीत तथा नृत्य प्रस्तुत गरिँदै छ ।