Advertisement Banner
Advertisement Banner

०७ मंगलबार, माघ २०८२9th January 2026, 2:05:00 am

नयाँ पुस्तालाई रैथाने ज्ञान, सिप र संस्कृति

०६ सोमबार , माघ २०८२९ घण्टा अगाडि

नयाँ पुस्तालाई रैथाने ज्ञान, सिप र संस्कृति

नेपालमा रहेका विभिन्न खाले रैथाने ज्ञान, सिप र संस्कृतिको संरक्षण गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा प्रधानमन्त्री सुशीला कार्कीले जाेड दिएकी छन् । सोनाम ल्होसारको अवसरमा  आज टुँडिखेलमा आयोजित कार्यक्रममा बाेल्दै प्रधानमन्त्री कार्कीले उक्त कुरा बताएकी हुन् ।

प्रधानमन्त्री कार्कीले तामाङ समुदायले मनाउने सोनाम ल्होसारको अवसरमा नेपालमा ल्होसारसँग जोडिएको पञ्चतत्व र स्वास्थ्य जीवन दर्शनले तामाङ समुदायको मौलिक ज्ञान विज्ञान र जीवनपद्धति पक्षलाई उजागर गर्ने बताएकी हुन् ।

रैथाने मौलिक ज्ञान तथा संस्कृतिहरूलाई संरक्षण गरी नयाँ पिढीलाई हस्तान्तरण गर्नु आजको आवश्यकता रहेको औँल्याउँदै कार्कीले सरकार सबै समुदायका मौलिक पर्व, भाषा, सस्कृति र भेषभुषाको संरक्षण तथा प्रवर्धन गर्न प्रतिबद्ध रहेको बताइन् ।