Advertisement Banner
Advertisement Banner

०७ मंगलबार, माघ २०८२9th January 2026, 2:05:00 am

उम्मेदवारी दर्तामा तडकभडक गरे कारवाही

०६ सोमबार , माघ २०८२७ घण्टा अगाडि

उम्मेदवारी दर्तामा तडकभडक गरे कारवाही

निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी मनोनयनका क्रममा तडकभडक नगर्न चेतावनी दिएका छन् । उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा लगायत तडकभडक नगर्न चेतावनी दिँदै अन्यथा कारवाही गर्ने बताएका हुन् ।

आयुक्त भण्डारीले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा लगायत तडकभडक नगर्न चेतावनी दिएका हुन् । तडकभडकलाई कानूनले पूर्णरुपमा निषेध गरेको र आचारसंहिताले पनि निषेध गरेकाले सचेत गराएका हुन् ।

उनले आचारसंहीतालाई परिपालन गर्दै मनोनयन पत्र दाखिल गर्न आग्रह गर्दै अब हुने निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त वातावरणमा हुने बताएका छन् । त्यसैगरि निर्वाचन हुँदैन की भन्ने शंका नगर्न पनि उनले सबैमा आग्रह गरेका छन् ।