Advertisement Banner
Advertisement Banner

०७ मंगलबार, माघ २०८२9th January 2026, 2:05:00 am

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर उम्मेदवारी मनोनयन गरिँदै

०७ मंगलबार , माघ २०८२१५ घण्टा अगाडि

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर उम्मेदवारी मनोनयन गरिँदै

आज देशभर प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन गरिँदैछ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्न लागिएकाे हाे ।

निर्वाचन आयोगले देशभरका सबै निर्वाचन क्षेत्रमा बिहान १० देखि साँझ ५ बजेसम्मको समय दिएर उम्मेदवारी मनोनयन गर्न लागेकाे हाे । यसअघि भदाै २३ र २४ गते भएकाे ‘जेनजी आन्दोलन’ पछि बनेको सुशिला कार्कीकाे सरकारले २०७९ मा निर्वाचित प्रतिनिधिसभा विघटन गरेर नयाँ जनादेशका लागि चुनाव आव्हान गरेकाे हाे ।

यता निर्वाचनलाई भड्किलो हुन नदिन र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै निर्वाचन आयोगले विशेष आचारसंहिता जारी गर्दै तडकभडक नगर्न चेतावनी दिएकाे छ । त्यस्तै निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन सरकारले आवश्यक स्रोत र साधनको व्यवस्थापन गर्दै सुरक्षा व्यवस्था मजबुत बनाउन ‘निर्वाचन प्रहरी’ छनोटको प्रक्रिया समेत अघि बढाएको छ ।