
अहिले मुलुकभर पश्चिमी वायुको आंशिक प्रभाव रहेकाे छ । तराई भू-भागका केही स्थानमा हुस्सु लाग्नुका साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
आज दिउँसो तराई भू-भागका केही स्थानमा हुस्सु लागे पनि देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । त्यस्तै तराई क्षेत्रमा बिहान र बेलुका बाक्लो हुस्सुका लाग्ने सम्भावना रहेके समेत महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने बताइएकाे छ ।
तराईका विभिन्न विमानस्थलहरूमा हुस्सु र कुहिरोका कारण हवाई सेवामा ढिलाइ हुनसक्ने र उडानमा अवरोध हुनसक्नेछ ।


