Advertisement Banner
Advertisement Banner

०८ बुधबार, माघ २०८२9th January 2026, 2:05:00 am

निर्वाचन प्रयोजनका लागि भारतले दियाे ६१ वटा गाडी

०८ बुधबार , माघ २०८२५ घण्टा अगाडि

निर्वाचन प्रयोजनका लागि भारतले दियाे ६१ वटा गाडी

आगमी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारत सरकारले नेपाललाई ६१ वटा गाडी हस्तान्तरण गरेको छ । गृह मन्त्रालयमा आयोजित एक समारोहमा भारतीय राजदूतावासले गृहमन्त्रालयलाई ६१ वटा गाडी उपहारस्वरूप हस्तान्तरण गरेको हो ।

भारत सरकारले पहिलो चरणमा ६१ वटा गाडी ल्याइएको र बाँकी गाडी क्रमशः आउने गृह मन्त्रालयले जनाएकाे छ । यसअघि भारत सरकारले ३ सय ८८ वटा गाडी उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।

गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार भारत सरकारकाे प्रतिबद्धता अनुसार पहिलाे चरणमा ६१ वटा गाडी आएकाे र अन्य गाडी आउने क्रममा रहेको बताइएकाे छ । गृहमन्त्री अर्यालले गाडी उपलब्ध गराएकोमा भारत सरकारलाई धन्यवाद दिँदे उक्त सवारीले निर्वाचनलाई शान्तिपूर्ण बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने बताएका थिए ।