Advertisement Banner
Advertisement Banner

०८ बुधबार, माघ २०८२9th January 2026, 2:05:00 am

प्रतिनिधिसभा निर्वाचनका लागि मुस्ताङमा ४, मनाङमा ५ जना उम्मेदवार

०८ बुधबार , माघ २०८२३ घण्टा अगाडि

प्रतिनिधिसभा निर्वाचनका लागि मुस्ताङमा ४, मनाङमा ५ जना उम्मेदवार

हिमाल पारिकाे जिल्लाकाे रुपमा परिचित मुस्ताङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ ४ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका हुन् ।

त्यस्तै हिमालपारिकै अर्काे जिल्ला मनाङमा प्रत्यक्षतर्फ ५ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएकाे छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा ३ हजार ४ सय ८६ उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् । जसमा ३ हजार ८९ पुरुष, ३ सय ९६ महिला र तेस्रो लिङ्गी १ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

पर्सि माघ ९ गते दिउँसाे १ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरि सोही दिन ४ बजेदेखि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने  आयोगकाे तयारी रहेकाे छ ।