
२०८२ काे एसईई (माध्यमिक शिक्षा परीक्षा) परीक्षा चैत १९ देखि २९ गतेसम्म हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले आज सार्वजनिक गरेको परीक्षा तालिका अनुसार एसईई चैत १९ देखि २९ गतेसम्म हुने भएको हो ।
यस वर्ष एसइई परीक्षाको लागि ५ लाख १७ हजार परिक्षार्थीले परीक्षा फारम भरेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका कारण बोर्डले एसईई परीक्षा केही दिन पछि सारेको बताइएकाे छ । यसअघि राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा चैतको पहिलो साता सञ्चालन गर्दै आएको थियाे ।
निर्वाचनको लागि मतपत्र र परीक्षाको प्रश्नपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्रबाट हुने भएकाले परीक्षाको तालिकामा परिमार्जन गरिएको परिक्षा बोर्डले जनाएको छ ।


