Advertisement Banner
Advertisement Banner

०८ बुधबार, माघ २०८२9th January 2026, 2:05:00 am

निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापन सम्बन्धी छलफल सम्पन्न

०८ बुधबार , माघ २०८२२ घण्टा अगाडि

निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापन सम्बन्धी छलफल सम्पन्न

निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापन सम्बन्धी छलफल सम्पन्न 
काठमाडौं, ७ माघ । निर्वाचन आयोगको कार्यालय कान्तिपथमा बुधबार निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापन सम्बन्धी छलफल सम्पन्न भएको छ । 
    कार्यक्रममा आसन्न निर्वाचनलाई बिथोल्न सक्ने कुनै पनि आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने तथा कानुनी दायरामा ल्याउने लगायतका समसामयिक विषयमा वृहत छलफल भएको थियो । साथै निर्वाचनलाई भयरहित वातावरणमा पारदर्शी एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै सरोकारवाला पक्षहरूसँग समन्वय एवम् सहकार्य गरी भरपर्दो सुरक्षा रणनीति अवलम्बन गरी कार्यसम्पदान गर्ने विषयमा छलफल केन्द्रित रहेको थियो । 
    कार्यक्रममा गृहमन्त्री ओम प्रकाश अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्त जानकी कुमारी तुलाधर र सगुन शमशेर जबरा, गृह सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दान बहादुर कार्की लगायत निर्वाचन आयोगका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।  

१६ जना प्रहरी उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
काठमाडौं, ७ माघ । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ माघ ६ गते निर्णयअनुसार प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति हुनुभएका १६ जना प्रहरी उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी उपरीक्षकहरूमा पुष्पराज मल्ल, धर्मराज भण्डारी, रबिन श्रेष्ठ, दिलिप कुमार गिरी, कुमार बिक्रम थापा, बुद्ध श्रेष्ठ, मान बहादुर राई, मोहन बहादुर खाँण, श्यामु अर्याल, भरत लामा, सागर बोहरा, राम कुमार दानी, छेदीलाल कामती, हरि बहादुर ओली, प्रदिप कुमार सिंह र दिपक भारती  रहनुभएको छ । 
दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । आफ्नो क्षमता, कार्यकुशलता र संगठन प्रति पुर्‍याएको योगदानको उचित मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै पदोन्नतिसँगै प्राप्त जिम्मेवारीमा अझ बढि सृजनशील र परिणाममूखी भई कार्यसम्पदान गर्न दर्ज्यानी चिन्हबाट सुशोभित प्रहरी अधिकृतहरूलाई उहाँले निर्देशन दिनुभयो । 
प्रहरी महानिरीक्षक कार्कीले आसन्न निर्वाचन एकदमै सन्निकटमा रहेको र यसले प्रहरीको भूमिका अन्य अवस्थाको भन्दा अझ बढेको उल्लेख गर्दै संगठनको साख बढाउने गरी सम्पूर्ण प्रहरी कर्मचारीहरूले प्राप्त जिम्मेवारीमा प्रखर रूपमा आफूलाई स्थापित गर्न निर्देशण दिनुभयो । 
समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै प्रहरी उपरीक्षक पुष्पराज मल्लले प्राप्त जिम्मेवारीलाई उत्प्रेरित भई थप व्यावसायिक निष्ठाका साथ उत्कृष्ट ढंगले निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।

भरपर्दो सुरक्षा योजना बनाई प्रहरी परिचालन गर्नु
काठमाडौं, ७ माघ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना बनाई प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आसन्न निर्वाचनको सन्दर्भमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयवस्तुमा बुधबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिनुभएको हो । 
प्रहरी महानिरीक्षक कार्कीले आ(आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन आपराधिक गतिविधिको सूचना संकलन गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु पर्नेमा जोड दिनुभयो । अपराध अनुसन्धान, सीमा नाकामा हुने राजस्व चुहावट, हातहतियार बरामद, ट्राफिक व्यवस्थापन, फरार प्रतिवादी पक्राउलाई विशेष प्राथमिकतामा राखी थप क्रियाशील भई कार्यसम्पादन गर्न उहाँले निर्देशन दिनुभयो । साथै हिरासत व्यवस्थापनमा विशेष सतर्कता अपनाई कार्य गर्न तथा निर्वाचन प्रहरी छनौट प्रक्रियालाई निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्नुपर्नेमा उहाँले विशेष जोड दिनुभयो । 
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदी र अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले समेत समसामयिक विषयमा निर्देशन दिनुभएको थियो । 
    कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

३० प्रहरीलाई मोटरसाइकल आउटराइडर्स तालिम प्रदान
काठमाडौं, ७ माघ । नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरूलाई मोटरसाइकल आउटराइडर्स तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित मोटरसाइकल आउटराइडर्स तालिम २४ औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । 
तालिम समापनको अवसरमा सोही महाशाखामा बुधबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले प्रशिक्षार्थी तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले तालिमबाट प्राप्त व्यावसायिक ज्ञान र सीपलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी ढंगबाट प्रयोग गर्नुपर्ने बताउनुभयो ।  
कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक ई. अशोक केसीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत मंसिर २१ गतेबाट संचालित ३५ कार्यदिन अवधि रहेको उक्त तालिममा  प्रहरी सहायक निरीक्षक १ जना र प्रहरी जवान २९ जना गरी कुल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

१ सय २१ किलो चरेस सहित दुई जना पक्राउ
मकवानपुर, ७ माघ, थाहा नगरपालिका १० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १ सय २१ किलोग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका(४ रूप्से बस्ने २९ वर्षीय घनश्याम बल तामाङ र कैलाश गाउँपालिका ५ बस्ने २१ वर्षीय सानुकान्छा थिङ रहेका छन् । 
इलाका प्रहरी कार्यालय पालुङ र इलाका प्रहरी कार्यालय चित्लाङबाट खटिएको प्रहरीले बा.प्र.०३(००१ ह १५०७ नम्बरको अटोलाई जाँच गर्ने क्रममा १२ वटा रबरको डिब्बा भित्र लुकाई छिपाई ल्याएको उक्त पदार्थ फेला पारी अटो चालक घनश्याम र अटोमा सवार सानुकान्छालाई पक्राउ गरेको हो । 
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
काठमाडौं, ७ माघ ।     काठमाडौं महानगरपालिका २६ पवित्रनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ३० मिलिग्राम सहित टोखा नगरपालिका(९ मिलनटोल बस्ने धादिङ गजुरी गाउँपालिका ६ घर भएका २६ वर्षीय अमित बराई समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उदयपुर, बेलका नगरपालिका ७ कान्चिराङबाट अवैध लागूऔषध गाँजा करिब १ सय किलोग्राम सहित सोही नगरपालिका ७ बिलिम्ला बस्ने २१ वर्षीय उमेश राई समेत ३ जनालाई  मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मैनामैनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो ।  
    झापा, मेचीनगर नगरपालिका(६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय २० मिलिग्राम सहित गौरादह नगरपालिका ५ स्कुल चोक बस्ने २७ वर्षीय अमिर बाँस्कोटालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
    कैलाली, धनगढी उपमहानगरपालिका(३ व्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ६० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका ७ बस्ने २८ वर्षीय फुलचन राना र सोही उपमहानगरपालिका(१६ बस्ने २० वर्षीय विवेक राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
बाँके, नेपालगंज उपमहानगरपालिका १ धम्बोझीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २८ ग्राम १ सय २० मिलिग्राम र डिजिटल तराजु १ थान सहित सोही उपमहानगरपालिका १ बस्ने ४६ वर्षीय विशाल दुलाल समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
मोरङ, विराटनगर महानगरपालिका ४ बाट अवैध लागूऔषधै खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ४० ग्राम सहित सुनसरी भोक्राहा नरसिंह गाउँपालिका ५ बस्ने ३५ वर्षीय सुदिन मन्सुरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले को ३७ प ३३६६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सुनसरी इटहरी उपमहानगरपालिका ५ बस्ने ५० वर्षीय रोहित कार्कीले बोक्न दिएको भन्ने खुल्न आएपश्चात इलाका प्रहरी कार्यालय इटहरी सुनसरीको समन्वयमा रोहितको घर तलासी गर्दा अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम २ सय ३० मिलिग्राम, नियन्त्रित लागूऔषध नाइट्राजेपाम ४ सय ६० ट्याब्लेट, स्पास्मो प्रोक्सिभन ३ सय ३६ क्यापसुल र नगद ७५ हजार रूपैयाँ फेला पारी रोहितलाई समेत पक्राउ गरेको छ ।

स्रोत नखुलेको नगद सहित पक्राउ
कैलाली, ७ माघ । टिकापुर नगरपालिका ९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँ सहित भारत लखिमपुर खिरी बस्ने ४० वर्षीय अतिक अंसारीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले युपि २५ एपि ०००७ नम्बरको कारमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं, ७ माघ
कपिलवस्तु, वाणगंगा नगरपालिका(१ बुङ्चीस्थित सडकमा ना।१ क ७७१४ नम्बरको टिपर र लु।प्र।०१(००८ प ८७७१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका(८ बोडगाउँ बस्ने १८ वर्षीय भेषराज गिरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको युनाईटेड अस्पताल ठाकुरापुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालक र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
स्याङ्जा, वालिङ नगरपालिका(७ धोडेपानीस्थित सडकमा लु।३ त ५१७३ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा ट्याक्टमा सवार सोही नगरपालिका(७ केवरे बस्ने ६५ वर्षीय डोलराज कोईराला र कैलाली टिकापुर नगरपालिका(७ बस्ने ३५ वर्षीय राज कुमार चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्राथमिक स्वास्थ्य केनद्र वालिङमा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टर चालक समेत ४ जनाको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ । 
बर्दिया, बारबर्दिया नगरपालिका १० वैदी गाउँस्थित सडकमा ग. २० प ९२९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका १० धधवार बस्ने २५ वर्षीय राजेन्द्र चौधरीको बिहीबार बिहान मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।