Advertisement Banner
Advertisement Banner

१० शुक्रबार, माघ २०८२9th January 2026, 2:05:00 am

कुखुरा बाेकेकाे बोलेरो दर्घटना एकको मृत्यु, दुई जना घाइते

०९ बिहिबार , माघ २०८२१५ घण्टा अगाडि

कुखुरा बाेकेकाे बोलेरो दर्घटना एकको मृत्यु, दुई जना घाइते

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२, सिमखोला पुल नजिकै कुखुरा बोकेको बोलेरो पिकअप गाडी दुर्घटना हुँदा एक जनाकाे मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् । कुलेखानी-काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सिमखोला पुल नजिकै मधेस प्रदेश ०३-००१ च ६७२१ नम्बरको बोलेरो पिकअप गाडी दुर्घटना भएकाे हाे ।

राति १ बजे गाडी दुर्घटना हुँदा सहचालक सर्लाही वरथवा नगरपालिका–१ बस्ने १७ वर्षीय रोहन मण्डलको मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीले जनाएका छन् । दुर्घटनामा गम्भिर घाइते भएका मण्डललकाे उपचारको क्रमममा काठमाडौँ मेडिकल कलेजमा मृत्यु भएकाे हाे ।  

दुर्घटनामा बोलेरो चालक सर्लाहीको वरथवा नगरपालिका-१, का २५ वर्षीय रामवली साह र अर्का सहचालक सोही ठाउँका १६ वर्षीय छोटे पासवानको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

सर्लाहीबाट काठमाडौँ तर्फ आउँदै गरेकाे कुखुरा लोड बोलेरो गाडी ब्रेक फेल हुँदा अनियन्त्रित भई सडकबाट खोल्सामा खसेर दुर्घटना भएको थियो । दुर्घटनाका घाइते तिनै जनालाई उद्वार गरी प्रहरी चौकी खानिखेत, मकवानपुरकाे प्रहरी सहायक निरीक्षक मनोज चौधरीको टोलीले उपचारका लागि एम्बुलेन्समा राखेर काठमाडौँ पठाएको थियो ।

उक्त दुर्घटनामा ५०० कुखुरामध्ये ३०० कुखुरा मरेका छन् भने गाडी पनि क्षति भएको र गाडी पनि घटनास्थलमा रहेको प्रहरीले जनाएको छ ।