Advertisement Banner
Advertisement Banner

१० शुक्रबार, माघ २०८२9th January 2026, 2:05:00 am

हातहतियार बुझाउन प्रशासनकाे अनुरोध

०९ बिहिबार , माघ २०८२१३ घण्टा अगाडि

हातहतियार बुझाउन प्रशासनकाे अनुरोध

आगमी फागुन २१ गतेकाे प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै व्यक्तिगत रूपमा राखिएका इजाजत पत्र प्राप्त हातहतियार बुझाउन अनुरोध गरिएकाे छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै हातहतियार बुझाउन अनुरोध गरेकाे हाे ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै यही माघ २० गतेभित्र हातहतियार बुझाउन सम्बन्धित सबैमा जानकारी गराएकाे हाे । काठमाडौँका सहायक प्रजिअ खिमराज भुसालले नजिकको प्रहरी कार्यालय वा प्रहरी इकाइमा लगत रहने गरी हातहतियार बुझाउन सूचना प्रकाशन गरिएको बताएका हुन् ।

प्रशासनलाई बुझाएकाे हातहतियार निर्वाचन सम्पन्न भएको एक महिनापश्चात् लगत कट्टा गरी फिर्ता गरिने पनि काठमाडौँ प्रशासनले जनाएको छ । साथै, सूचनाबमोजिम हातहतियार नबुझाए कानुनबमोजिम कारबाही हुने ब्यहोरा समेत सूचनामा उल्लेख गरिएकाे छ ।

यता गृह मन्त्रालयले देशभरकै प्रशासन कार्यालयहरूलाई यस्ता हतियार संकलनका लागि निर्देशन दिइसकेको छ । मन्त्रालयले सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै शान्ति सुरक्षाका विषयमा गम्भीर हुन र आवश्यक एकीकृत सुरक्षा रणनीतिका साथ काम गर्न निर्देशन दिइएकाले प्रशासन कार्यालयहरूले हतियार बुझाउन सार्वजनिक सूचना जारी गर्दै आएका छन् ।