Advertisement Banner
Advertisement Banner

१२ आइतबार, माघ २०८२9th January 2026, 2:05:00 am

सुनको मूल्य अहिलेसम्मकै उच्च ३ लाख नाघ्याे

१० शुक्रबार , माघ २०८२२ दिन अगाडि

सुनको मूल्य अहिलेसम्मकै उच्च ३ लाख नाघ्याे

नेपाली बजारमा सुनको मूल्यले नयाँ इतिहास कायम गरेकाे छ । सुनकाे मूल्य बृद्धि भएर अहिलेसम्मकै उच्च हुँदै ताेलाकाे ३ लाख नाघेर नयाँ इतिहास रचेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतिताेला ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेकाे छ । आज एकैदिन सुनको मूल्य प्रतितोला ९ हजार २ सय रुपैयाँले बढेर नयाँ मूल्य कायम भएकाे हाे ।

हिजो प्रतितोला २ हजार ९ सय रुपैयाँ घटेर प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।