Advertisement Banner
Advertisement Banner

१२ आइतबार, माघ २०८२9th January 2026, 2:05:00 am

खजुरामा सुरु भयो तीनदिने बाबाकुट्टी मेला

१० शुक्रबार , माघ २०८२एक दिन अगाडि

खजुरामा सुरु भयो तीनदिने बाबाकुट्टी मेला

हिन्दु–मुस्लिम सहअस्तित्व र सामाजिक सद्भावको जीवित प्रतीक

खजुरा, बाँके र बाँके जिल्लाको खजुरास्थित बागेश्वरी गाउँपालिकामा आजदेखि ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको मुसकटवा बाबा ९बाबाकुट्टी० मेला औपचारिक रूपमा सुरु भएको छ। तीन दिनसम्म सञ्चालन हुने यो मेला ब्रदर्स फुटबल क्लब ९ब्रदर्स एफसी० को आयोजनामा सरस्वती पूजाको अवसर पारेर प्रारम्भ गरिएको हो।

धार्मिक आस्थासँगै सामाजिक एकता, आपसी सद्भाव र भातृत्वको सशक्त सन्देश बोकेको यो मेला नेपालकै विशिष्ट पहिचान बनेको छ। हिन्दु र मुस्लिम समुदायले संयुक्त रूपमा मनाउने नेपालको एकमात्र पर्वका रूपमा चिनिने मुसकटवा बाबा मेला धार्मिक सहिष्णुता र सहअस्तित्वको अनुपम उदाहरण हो।

मुसकटवा बाबा मेला केवल धार्मिक अनुष्ठानमा सीमित छैन। यो मेला खजुरा क्षेत्रका हिन्दु र मुस्लिम समुदायबीचको आपसी सम्मान, विश्वास र सहकार्यको सशक्त प्रतीक बनेको छ। यही कारणले यो पर्व अहिले क्षेत्रीय एकता, सांस्कृतिक चेतना र सामुदायिक भातृत्वको प्रतीकका रूपमा स्थापित हुँदै गएको छ।

मेलाको उद्घाटन समारोहमा ब्रदर्स एफसीका अध्यक्ष तथा पदाधिकारीहरूको उपस्थितिमा बागेश्वरी गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिक ‘तुफान’, स्थानीय बुद्धिजीवी तथा विशिष्ट व्यक्तित्व झगबहादुर पौडेल, नेपाल रेडक्रस सोसाइटी बागेश्वरी शाखाका अध्यक्ष जीवनाथ सापकोटा, न्यूँ डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष बालाराम खत्री, उपाध्यक्ष दानबहादुर गुरुङ, पूर्वअध्यक्ष तिलकविर सुनार, वरिष्ठ पत्रकार गोविन्द शर्मा, समाजसेवी कल्पना तामाङ, भूपू प्रनानि सुरेश थापा, राकेश पौडेल, स्थानीय युवानेता ओपेन्द्र खत्री, खेलकुदकर्मी टोपेन्द्र खत्री लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। उद्घाटन समारोहमा मुसकटवा बाबाकुट्टीका बाबाजी लगायत उल्लेखित सबैलाई सम्मान गर्दै मेलाको औपचारिक शुभारम्भ गरिएको थियो।

आयोजकका अनुसार मेला माघ ११ गतेसम्म सञ्चालन हुनेछ। मेलामा सहभागी दर्शक तथा भक्तजनहरूले धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिहरूको भरपूर आनन्द लिन सक्नेछन्। उद्घाटन कार्यक्रममा उपस्थित अतिथिहरूले मेलाले समाजिक सद्भाव, धार्मिक सहिष्णुता र सांस्कृतिक संरक्षणमा उल्लेखनीय योगदान पुर्‍याइरहेकोमा खुसी व्यक्त गरे।

खजुरास्थित मुसकटवा बाबा, जसलाई स्थानीय रूपमा बाबाकुट्टी भनेर चिनिन्छ, पञ्चायतकालमा तत्कालीन राजा महेन्द्रद्वारा जंगल फडानी गरी बस्ती बसालिँदा यहाँको ऐतिहासिक तथा सांस्कृतिक धरोहरका रूपमा स्थापित भएको मानिन्छ। बाबाकुट्टीले खजुराको स्थानीय पहिचान र ऐतिहासिक महत्वलाई अझ सुदृढ बनाएको छ।

यदि मुसकटवा बाबाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन व्यवस्थित रूपमा गर्न सकियो भने यसले खजुराको सांस्कृतिक पहिचान, पर्यटन सम्भावना र स्थानीय आर्थिक विकासमा ठूलो योगदान पुर्‍याउने विश्वास गरिएको छ। मुसकटवा बाबा केवल धार्मिक आस्थाको केन्द्र मात्र होइन, खजुराको गौरव र इतिहासको प्रतीकसमेत हो।

ब्रदर्स फुटबल क्लब ९ब्रदर्स एफसी० ले मुसकटवा बाबा मेलालाई निरन्तरता दिँदै यसलाई विकासको दिशातर्फ लैजान नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ। क्लबका अध्यक्ष तथा पदाधिकारीहरूका अनुसार, “इतिहास नभएको समाज र राष्ट्र हुँदैन। परम्परा, धर्म र संस्कृतिलाई जीवन्त राखेर मात्र सामाजिक एकता र राष्ट्रिय गौरवको भावना जागृत गर्न सकिन्छ।” यही उद्देश्यका साथ क्लबले सांस्कृतिक धरोहर संरक्षण र पर्यटन प्रवर्द्धनलाई निरन्तर अघि बढाइरहेको जनाएको छ।

मेलामा सहभागी प्रत्येक व्यक्तिले एकता, सहिष्णुता र पारस्परिक सम्मानको अनुभूति गर्ने आयोजकको विश्वास छ। यसले स्थानीय तह मात्र होइन, राष्ट्रियस्तरमै नेपाली पहिचान र गौरवलाई सुदृढ बनाउने काम गर्दछ।

मुसकटवा बाबा मेला समाजमा सहिष्णुता, भातृत्व र सामूहिक चेतना फैलाउने साझा मञ्च बनेको छ। हिन्दु र मुस्लिम समुदायले सँगै बसेर मेलामा सहभागी हुँदा युवा पुस्तामा सहअस्तित्व र आपसी सम्मानको सन्देश प्रवाह हुने विश्वास गरिएको छ।

ब्रदर्स एफसीको पहलले मेलाको परम्परा मात्र जोगिएको छैन, खजुराको आन्तरिक पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्र सुदृढीकरणमा समेत योगदान पुगेको छ। आयोजकका अनुसार भविष्यमा यो मेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक आकर्षणको केन्द्र बन्ने सम्भावना बोकेको छ।

इतिहास, धर्म र सांस्कृतिक परम्पराको संरक्षणबाट मात्र सशक्त समाज र गौरवशाली राष्ट्र निर्माण सम्भव हुने सन्देश बोकेको मुसकटवा बाबा मेला आज हिन्दु–मुस्लिम भातृत्व, सामाजिक एकता र राष्ट्रिय गौरवको अनमोल प्रतीकका रूपमा स्थापित भएको छ।

“इतिहास नभएको समाज, पहिचान नभएको राष्ट्र हुँदैन”
भन्ने मूल सन्देशसहित मुसकटवा बाबा मेला स्थानीयदेखि विश्वस्तरसम्म नेपाली पहिचानको गौरवशाली प्रतिबिम्बका रूपमा उज्यालिँदै जाने विश्वास लिइएको छ।