
भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० भक्तपुरका उम्मेदबारहरुले भक्तपुरमा आफूहरुको प्रतिस्पर्धा नेपाल मजदुर किसान पार्टी -नेमकिपा- सँंग हुने जनाएको छ । शनिबार भक्तपुरमा भएको पत्रकार सम्मेलनमा दुवै उम्मेदबारहरुले नेमकिपाको गढको रुपमा रहेको भक्तपुरमा उही पार्टीका उम्मेदबारहरुसँंग प्रतिस्पर्धा हुने दावी गरे ।
पत्रकार सम्मेलनमा भक्तपुर क्षेत्र न २ का उम्मेदबार अधिवक्ता विक्रम थापाले भक्तपुर १ मा भन्न नसकिए पनि भक्तपुर क्षेत्र नं २ मा आफूहरुको जीत हुने दावी गरे । भक्तपुर क्षेत्र नं २ मा पनि प्रतिस्पर्धा नेमकिपासँंग रहने उनले जनाए । कांग्रेस र एमालेको मत पहिला भन्दा घटने निश्चित छ, उनले भने, उनीहरुको भोट राष्टिय स्वतन्त्र पार्टीले काट्ने छन् र मेरो जीत हुनेछ ।
कांग्रेस र एमालेको भोट रास्वपाले काटेपछि तीनजनावीचको तानातानमा आफूले विजय निकाल्ने उनको दावी हो । नेमकिपाको सैद्धान्तिक भोट स्थिर रहने भएकाले पनि आफनो जीत हुने दावी उनको हो ।
फरक प्रसंगमा उनले अवस्था वदल्न व्यवस्था वदल्नु आवश्यक भएको बताए । उनले राजतन्त्र आवश्यक भएको पनि बताए । साथै उनले संघीयता खारेजीको पनि माग राखे ।
उनले आफूहरुको उम्मेदबारी शुशासन कायम गर्नु रहेको बताए । आफूहरुले जस्तै घुस खानु भनेको आमाको रगत खानु सरह हो भन्दै देवताको पुगेर घुस नखाने प्रतिवद्धता जनाउन अरु पार्टीका उम्मेदबारहरलाई चुनौती उनले दिए ।
राप्रपाले राजसंस्थासहितको हिन्दू राष्ट्र, संघीयता खारेज र बलियो स्थानीय सरकारको अवधारणालाई आफ्नो मुख्य राजनीतिक दर्शनका रूपमा अघि सारेको पत्रकार सम्मेलनमा जनाइयो । पार्टीको भनाइ अनुसार यी एजेण्डाहरू राष्ट्रिय एकता, सांस्कृतिक पहिचान, धर्म, परम्परा र सुशासनलाई संरक्षण गर्दै देशलाई स्थायित्वतर्फ लैजान अपरिहार्य रहेका छन् ।
पत्रकार सम्मेलनबाट वर्तमान राजनीतिक अवस्थाप्रति पार्टीको धारणा, संविधान सुधारको आवश्यकता, भ्रष्टाचार नियन्त्रण, राष्ट्रिय स्वाधीनता, आर्थिक आत्मनिर्भरता, रोजगारी सिर्जना तथा स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने विषयमा पार्टीको स्पष्ट दृष्टिकोण राखिएको थियो ।
कार्यक्रमका आयोजक राष्ट्रिय प्रजातन्त्र पार्टी मध्यपुर थिमि नगरपालिका वडा नं। ३ का समर्थकहरू रहेका थिए । आयोजक पक्षका अनुसार यो कार्यक्रमले स्थानीय स्तरमा पार्टीको जनाधार बलियो बनाउँदै जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने लक्ष्य राखेको छ ।
यसअघि कार्यक्रमको थालनी पूजाआजाबाट गरिएको थियो । पार्टीबाट भक्तपुर क्षेत्र नं १ र २ का दुवै उम्मेदबारहरुले जिल्लाको भक्तपुर क्षेत्र नं २ कोशलटारस्थित कुशल भैरब मन्दिर मन्दिरमा पुजा गरी प्रचारप्रसार थालेका थिए । घुस खाए आमाको रगत खाए सरह भएको भन्दै घुस नखाने प्रतिवद्धता गरी दुवैले प्रचारप्रसार थालेका हुन् । पार्टीबाट भक्तपुर क्षेत्र नं १ मा भरतबहादुर खड्का र क्षेत्र नं २ मा अधिवक्ता विक्रम थापाले उम्मेदबारी दिएका छन् ।
पूजापछि भोट माग्दै रयाली भएको थियो । त्यसपछि त्यही मन्दिर परिसरबाट बृहत चुनावी रयाली सुरु गरी प्रचारप्रसार सम्पर्क कार्यालय पुगेको थियो । त्यहाँं पुगेपछि पत्रकार सम्मेलन भएको थियो ।


