Advertisement Banner
Advertisement Banner

१३ सोमबार, माघ २०८२9th January 2026, 2:05:00 am

जंगल छेउका गाउँलाई स्थानान्तरण गर्नुपर्छ बालेन

१२ आइतबार , माघ २०८२१७ घण्टा अगाडि

जंगल छेउका गाउँलाई स्थानान्तरण गर्नुपर्छ बालेन

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले जंगल छेउका गाउँलाई स्थानान्तरण गर्नुपर्ने बताएका छन् । आज कार्यकर्ताहरुसँगको कुराकानीमा साहले उक्त कुरा बताएका हुन् ।

उनले नेपाल सरकारको नीति वनजंगलको छेउछाउमा बसिरहेका गाउँलाई स्थानान्तरण गर्ने हुनुपर्ने बताएका हुन् । उनले वनजंगलको छेउछाउमा बसाेबास गरिरहेकाहरुकाे जति जग्गा छ, त्यत्ति नै जग्गा अन्य स्थानमा दिएर स्थानान्तरणको नीति लिनु उचित हुने बताए ।

उनले भनेका छन, ‘नेपाल सरकारको नीति त्यस्तो हुनुपर्छ । जंगलको छेउछाउमा बसिरहेको गाउँलाई स्थानान्तरण गर्ने हो । उनिहरुको जति जग्गा छ त्यो हिसावले स्थानान्तरण गरेर सरकारले अर्को ठाउँमा राखिदिनुपर्छ । मान्छेलाई जंगलसँगै राखिदिनु भएन ।’

त्यस्तै नेता साहले मानिसलाई जंगल नजिक राख्न नहुने पनि बताएका छन् ।