
आज सम्पन्न भएकाे राष्ट्रियसभा सदस्यको निर्वाचनमा कांग्रेस र एमाले सबै उम्मेदवार विजयी भएका छन् । सातै प्रदेशमा भएकाे निर्वाचनमा १७ जना उम्मेदवार विजयी भएका हुन् ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको तालमेल भए अनुसार नै सदस्यहरु निर्वाचित भएका छन् । जसअनुसार नेपाली कांग्रेसका ९, नेकपा एमालेका ८ र लोसपाका एक जना उम्मेदवार राष्ट्रियसभा सदस्यमा विजयी भएका हुन् ।
जसमा कोशी प्रदेशबाट एमालेकाे सोमनाथ पोर्तेल र रोशनी मेचे विजयी भएका छन् भने कांग्रेसबाट सुनिलबहादुर थापा यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । त्यसैगरि मधेश प्रदेशमा कांग्रेसका धर्मेन्द्र पासवान र रञ्जित कर्ण, एमालेबाट रेखाकुमारी झा र लोसपाबाट महन्थ ठाकुर निर्वाचित भएका छन् ।
त्यस्तै वागमती प्रदेशबाट कांग्रेसकी गीता देवकोटा र नेकपा एमालेका प्रेमप्रसाद दंगाल निर्वाचित भएका छन् भने गण्डकी प्रदेशबाट कांग्रेसका जगत अन्य कोटा र एमालेकी सम्झना महिला कोटाबाट निर्वाचित भएकी छन् ।
त्यसैगरि लुम्बिनी प्रदेशबाट कांग्रेसकाे बासुदेव घिमिरे जंगली, चन्द्रबहादुर केसी र नेकपा एमालेबाट रामकुमारी झाँक्री निर्वाचित भएकी छन् । कर्णालीबाट कांग्रेसका ललितजंग शाही र एमालेकी मिनासिंह रखाल निर्वाचित भएका छन् ।
सुदूरपश्चिमबाट नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेकपा एमालेबाट लीला भण्डारी विजयी भएकी छन् । सातै प्रदेशमा आज सम्पन्न निर्वाचनबाट निर्वाचित सदस्यहरूकाे कार्यकाल ६ वर्षकाे हुनेछ भने पदभार आगामी फागुन २१ गतेदेखि सुरु हुनेछ ।


