Advertisement Banner
Advertisement Banner

१३ सोमबार, माघ २०८२9th January 2026, 2:05:00 am

माैसम बदलीसँगै हिमपात र वर्षा

१३ सोमबार , माघ २०८२४ घण्टा अगाडि

माैसम बदलीसँगै हिमपात र वर्षा

मुलकभर पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका केही भूभागमा हिमपात र वर्षाको सम्भावना रहेको छ । आज दिउँसो सामान्यतया मौसम सफा रहे पनि राति केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।

विभागका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा मध्यान्नसम्म हुस्सु र कुहिरो लाग्ने बताइएकाे छ भने देशका हिमाली भूभागमा आंशिक बादलिसँगै बाँकी भूभागकाे मौसम मुख्यतया सफा रहनेछ । यता काठमाडौं उपत्यकामा भने बिहानको न्यूतम तापक्रम ३.७ डिग्री सेल्सियस मापन गरिएकाे छ ।

आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ । हिमाली भूभागमा हिमपात र वर्षा हुँदा अन्य स्थानमा पनि चिसाे बढेकाे छ ।