Advertisement Banner
Advertisement Banner

१३ सोमबार, माघ २०८२9th January 2026, 2:05:00 am

माग पूरा नभए मेलम्चीकाे पानी बन्द गर्ने चेतावनी

१३ सोमबार , माघ २०८२४ घण्टा अगाडि

माग पूरा नभए मेलम्चीकाे पानी बन्द गर्ने चेतावनी

मेलम्चीबाट काठमाडाैँ आउने खानेपानीमा मेलम्चीवासीले आफ्ना माग पूरा नगरे बन्द गर्ने चेतावनी दिएका छन् । हिजाे खानेपानी मन्त्री मदन परियारलाई भेटेर मेलम्चीका उपभोक्ता तथा बाढी पीडितले १० दिनभित्र माग पूरा नभए मेलम्ची खानेपानीको काठमाडौं पथान्तरण पूर्णरुपमा बन्द गर्ने चेतावनी दिएका हुन् ।

यसअघि २०७८ सालको बाढीपहिरोलगायतका अन्य पीडितहरुले तत्कालीन खानेपानी मन्त्री प्रदीप यादवसँग भएका सम्झौता कार्यान्वयनको माग गर्दै पटक पटक पानी पथान्तरण नै बन्द गर्दै आएका छन् । पिडितकाे हिजाेकाे चेतावनीसँगै मन्त्री यादवले विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्न दश दिनको समय मागेकाे बताइएकाे छ ।  

त्यस्तै मन्त्री परियारले सबै पक्षसँग आवश्यक सहकार्य गरेर बाढीपीडित तथा भेण्डरका समस्या समाधान गरिने बताउँदै मेलम्ची खानेपानीसम्बन्धी समस्याहरु अत्यन्त जटिल भएपनि उनिहरुका माग पुरा गर्न आफू प्रतिबद्ध रहेको बताएका थिए ।

यता पिडितहरूले सामाजिक न्यायको लागि भएपनि पानीको लेबी निर्धारण गरेर २५ प्रतिशत रकम पीडित स्थानमा पठाउनुपर्ने, मेलम्ची र हेलम्बुका स्थानीयलाई काठमाडौं उपत्यका खानेपानी लिमिटेड र मेलम्ची आयोजनामा १५ प्रतिशत रोजगारीको कोटा निर्धारण हुनुपर्ने, मेलम्चीमा आएको बाढीपछि स्थानीय समस्यामा रहेका बास्तविक पीडित पहिचान गरि राहत उपलब्ध गराउनुपर्ने, २०८१ असोज २१ गते तत्कालीन खानेपानीमन्त्री प्रदीप यादव र स्थानीय बीच भएको १० बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् ।