
मकवानपुरको इन्द्रसरोवर तालमा पानी बोकेको गाडी खसेको छ । इन्द्रसरोवर–१, मार्खुचौरमा बा ३ ख ३९५४ नम्बरको मिनरल वाटर बोकेको आईचर गाडी इन्द्रसरोवर तालमा खसेको हो ।
मार्खु–कंलकी सडक खण्डमा कलंकीबाट मार्खु गइरहेको मिनरल वाटर बोकेको गाडी रोकेर पानी झार्ने क्रममा अचानक अगाडि बढेर सडकबाट १५ मिटर तल इन्द्रसरोवर तालमा खसेको बताइएकाे छ । अहिले मार्खु प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दिपेश यादवको टोलीले घटनास्थल पुगेर गाडी निकाल्ने प्रयास गरिरहेको छ ।
उक्त गाडीका मालिक ललितपुर–११, शङ्खमुलका दिगज अमात्य, चालक गोरखा सुलिगढ–१, का २१ वर्षीय सुजन परियार र सहचालक मकवानपुर मकवानपुरगढी–३, का १८ वर्षीय सुजन जिम्बा प्रहरीको सम्पर्कमा रहेकाे बताइएकाे छ ।
गाडी तालमा खसेर दुर्घटना भए पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।


