Advertisement Banner
Advertisement Banner

१४ मंगलबार, माघ २०८२9th January 2026, 2:05:00 am

सुनकाे मूल्य ३ लखा ९ हजार, चाँदीकाे मूल्य पनि बढ्याे

१३ सोमबार , माघ २०८२१५ घण्टा अगाडि

सुनकाे मूल्य ३ लखा ९ हजार, चाँदीकाे मूल्य पनि बढ्याे

नेपाली बजारमा सुनचाँदीकाे मूल्य एकाएक आकाशिएकाे छ । सुनकाे मूल्य बढेसँगै आज प्रतिताेला ३ लाख ९ हजार रुपैयाँमा काराेबार भइरहेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ हजार २ सय रुपैयाँले बढेकाे हाे । हिजाे सुन प्रतितोला तीन लाख ३ हजार आठ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।

त्यसैगरि आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २ सय ९० रुपैयाँले बढेर ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको थियाे ।