
चार वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखिएकाे छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले उक्त निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हाे ।
कार्यालयले एक सूचना जारी गर्दै चार वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ताको विवरण सार्वजनिक गरेको छ । जारी सूचना अनुसार सार्वजनिक निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी कालोसूचीमा राखिएको उल्लेख गरिएकाे छ ।
उक्त कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने पनि सूचनामा उल्लेख गरिएको छ ।


