
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
काठमाडौं, १२ माघ । काठमाडौं महानगरपालिका ३ तिलिङ्गेटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय ६० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं डल्लु बस्ने काभ्रे घर भएका २९ वर्षीय अनिल तामाङ र काठमाडौं गोलढुङ्गा बस्ने १९ वर्षीया मुना गुरूङ रहेका छन् । प्रहरी प्रभाग तिलिङ्गेटारबाट खटिएको प्रहरीले बा.९० प ४८८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका ६ तिवारीटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका(६ मुलपानी घर भएका २४ वर्षीय सुवाष सुनुवार र मोरङ बेलबारी नगरपालिका ८ घर भएका २७ वर्षीय शेर बहादुर जोगी रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिेएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, इटहरी उपमहानगरपालिका १९ पटेर्वाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका(१९ बस्ने १८ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । सामुदायिक प्रहरी विट भवानीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
नवलपरासी पश्चिम, सुनवल नगरपालिका १३ बाट नियन्त्रित लागूऔषध स्पास्मो ४२ ट्याब्लेट र नाइट्राजेपाम २० ट्याब्लेट सहित सोही नगरपालिका ५ हर्दिया बस्ने २५ वर्षीय मनिष सुचिकारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, कोहलपुर नगरपालिका ११ एकतानगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ५० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने जुम्ला पातारसी गाउँपालिका ७ घर भएका १९ वर्षीय बिपिन थापालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, मकवानपुरगढी गाउँपालिका ४ सामरी चोकबाट अवैध लागूऔषध गाँजा ३ सय ग्राम सहित हेटौंडा उपमहानगरपालिका १ चौकीटोल बस्ने ३८ वर्षीय सुमन लामिछानेलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरीले ना.३५ प ८५६४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त गाँजा मकवानपुरगढी गाउँपालिका(४ सामरी बस्ने ७४ वर्षीय बिष्णु लाल रुम्बासँग किनेको भन्ने खुल्न आए पश्चात प्रहरीले बिष्णुको घर तलासी गर्दा अवैध लागूऔषध गाँजा करिब ५ किलो ५ सय २० ग्राम फेला पारी उनलाई समेत पक्राउ गरेको छ ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ७ ठाडाचोक बस्ने २५ वर्षीय मदन ठाडा मगर समेत ५ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९५ मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले मदनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका(१५ कृष्ण प्रणामी चोकस्थित सत्यम होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय २० मिलिग्राम सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका १५ भेडियाही बस्ने २० वर्षीय सनि सर्राफ, बारा कलैया उपमहानगरपालिका २ राजदेवी टोल बस्ने १९ वर्षीय अनुराग कुमार सर्राफ र पर्सा विश्रामपुर गाउँपालिका ५ बस्ने १८ वर्षीय किशोर रहेका छन् । वडा प्रहरी कार्यालय श्रीपुर समेतबाट खटिएको प्रहरीले उक्त होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
उदयपुर, त्रियुगा नगरपालिका ६ लालपत्ता चोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल र बुप्रेनोर्फिन ५० एम्पुल सहित सोही नगरपालिका ११ बस्ने २६ वर्षीय सविन राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले बा।९५ प ६२९१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
धनुषा, विदेह नगरपालिका १ हनुमान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४९ ग्राम ८ सय १० मिलिग्राम सहित भारत मधुवनी हल्दिया बस्ने २८ वर्षीय गौतम कुमार ठाकुरलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडीझिझाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३२ एए ५९९२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
तनहुँ, व्यास नगरपालिका(४ हरिओम टोलबाट नियन्त्रित लागूऔषध डाईजेपाम ७ एम्पुल, फेनारगरन ४ एम्पुल र बुप्रेनोर्फिन ७ एम्पुल सहित सोही नगरपालिका(४ पानीट्याङ्की बस्ने २४ वर्षीय समिर आलमलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
कैलाली, १२ माघ
आफ्नै श्रीमती ३० वर्षीया हिरा दाहालको हत्या गरेको अभियोगमा धनगढी उपमहानगरपालिका १३ राजपुर डेरा गरी बस्ने सोही उपमहानगरपालिका(८ घर भएका सतिङ दाहाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
घरायसी बादबिबादको क्रममा सतिङले कुटपिट गर्दा गम्भीर घाइते भएकी हिराको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सेती प्रादेशिक अस्पताल नजिकबाट सतिङलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पर्वतारोहणर ट्रेकिङ्ग क्षेत्रमा भएको फेक रेस्क्यूमा संलग्न ६ जना व्यक्तिहरू पक्राउ
काठमाडौं, १२ माघ । नेपालको उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकहरूको उद्दार गरेको देखाई बीमा रकम दाबी गरी गैह्रकानूनी रूपमा आर्थिक लाभ प्राप्त गरेको अभियोगमा ६ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा माउण्टेन रेस्क्यु सर्भिस प्रालिका अध्यक्ष काठमाडौं टोखा नगरपालिका ८ धापासी बस्ने चितवन रत्ननगर नगरपालिका(१ घर भएका ४७ वर्षीय जयराम रिमाल तथा सोही प्रालिका मेनेजर चितवन राप्ती नगरपालिका ५ घर भएका ३२ वर्षीय विवेक पाण्डे, एभरेष्ट एक्सपेरियन्स एण्ड एसिस्टेन्स प्रालिका अध्यक्ष ललितपुर गोदावरी नगरपालिका ९ बस्ने ४२ वर्षीय मुक्ति पाण्डे तथा सोही प्रालिका अपरेशन डिपार्टमेन्ट प्रमुख सोही नगरपालिका ९ बस्ने ४६ वर्षीय सुवास केसी र नेपाल चार्टर सर्भिस प्रालिका अध्यक्ष धादिङ गंगाजमुना गाउँपालिका ५ घर भएका ३९ वर्षीय रबिन्द्र अधिकारी तथा सोही प्रालिका अपरेशन मेनेजर काठमाडौं महानगरपालिका १६ बस्ने ३९ वर्षीय विवेक थपलिया रहेका छन् ।
प्रारम्भिक अनुसन्धानको क्रममा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण तथा विमानस्थलमा रहेका अभिलेख विवरण कीर्ते गर्ने गरेको, उद्दार गरिएको भनिएका विदेशी पर्यटकहरूलाई अनिवार्य रूपमा इन्स्योरेन्स पोलिसीमा उल्लेख भएको शर्त बमोजिम काठमाडौं स्थित विभिन्न अस्पतालमा उपचार गरेको देखाई उपचारका बिल समेतका कागजातहरू तयार गरीरगराई उद्दार गरिएको व्यक्तिको नामको बीमा रकमको झुठ्ठा दाबी गरेको खुल्न आएको छ ।
उनीहरू उपर राष्ट्रहित प्रतिकूल काम गर्न नहुने समेतका कसूरहरूमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अजरबैजान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं, १२ माघ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका(३१ बस्ने भोजपुर हतुवागढी गाउँपालिका ९ घर भएका ५९ वर्षीय महेन्द्र विश्वकर्मालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
महेन्द्रले अजरबैजान पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका(३२ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।


