
आगमी फागुन २१ गते हुन लागेकाे प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गरिने भएकाे छ । निर्वाचनका लागि नेपाली सेना, शशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरी गरि ३ लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गरिने भएकाे हाे ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १ सय ६५ सिटका लागि दल र स्वतन्त्र गरी ३ हजार ४ सय ६ जनाको उम्मेदवारी परेको छ । त्यस्तै १ सय १० सिट समानुपातिकका लागि ३ हजार २ सय १३ जना उम्मेदवार रहेका छन् ।
यसअघि २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ २ हजार ४ सय १२ उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । उक्त निर्वाचनमा मा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० जना मतदाता रहेकामा यस पटक बढेर १ करोड ८९ लाख ३ हजार ६ सय ८९ पुगेका छन् ।
मुलुकभर ११ हजार ९ सय १ मतदानस्थल रहेकाे निर्वाचन सुरक्षाका लागि नेपाली सेनाबाट करिब ८० हजार, नेपाल प्रहरीबाट करिब ७१ हजार, सशस्त्र प्रहरीबाट करिब ३५ हजार, राष्ट्रिय अनुसन्धान विभागबाट करिब २ हजार र ४० दिन कार्यअवधि तोकिएका निर्वाचन प्रहरी १ लाख ४९ हजार ९० जनालाई परिचालन गर्न लागिएको छ ।


