Advertisement Banner
Advertisement Banner

११ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षणमा प्रधानमन्त्री कार्की

१४ मंगलबार , माघ २०८२२ महिना अगाडि

काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षणमा प्रधानमन्त्री कार्की

काठमाडौँ तराई जाेड्ने काठमाडौँ-तराई द्रुतमार्गकाे प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान निरीक्षण गरेकी छन् । प्रधानमन्त्री कार्कीले नेपाली सेनाका अधिकारी र उच्चपदस्थ कर्मचारीहरूको टोलीसहित द्रुतमार्ग निरीक्षण गरेकी हुन् ।

आज बिहान द्रुतमार्ग निरीक्षण गरेकी प्रधानमन्त्री कार्कीले कामको प्रगतिबारे जानकारी लिँदै छिटो काम सम्पन्न गर्न निर्देशन दिएकी छन् । आवश्यक सहयोग गर्न सरकार तयार रहेकाे बताउँदै उनले छिटो काम सम्पन्न गर्न आग्रह गरेकी हुन् ।

राष्ट्रिय गौरवको आयोजना समेत रहेकाे काठमाडौँ–तराई द्रुतमार्ग काठमाडौं उपत्यकालाई बाराको निजगढसँग जोड्ने छोटो दुरीको मार्ग हाे भने रणनीतिक दृष्टिकोणले उक्त मार्गलाई निकै महत्त्वपूर्ण मानिन्छ ।