Advertisement Banner
Advertisement Banner

१५ बुधबार, माघ २०८२9th January 2026, 2:05:00 am

ओखलढुङ्गामा वृद्ध दम्पतीको बीभत्स हत्या

१४ मंगलबार , माघ २०८२१४ घण्टा अगाडि

ओखलढुङ्गामा वृद्ध दम्पतीको बीभत्स हत्या

ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा वृद्ध दम्पतीको बीभत्स हत्या भएको छ । ८० वर्षीय चन्द्रविक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईको लुटपाटपछि हत्या भएको अवस्थामा शव फेला परेको हो ।

वृद्ध दम्पतीले संचालन गरेको सानो पसलमा लुटपाट गरी वृद्ध दम्पतीको बीभत्स हत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर सुरक्षा व्यवस्था कडा बनाइएको बताइएको छ । अहिले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक मदन केसीको नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ ।

एक महिना अघि पनि चिशंखुगढी गाउँपालिका–६, भदौरेमै ६० वर्षीय शोभितमान थापा मगर र उनकी श्रीमती रत्नमाया थापा मगरको हत्या भएको थियो । उक्त हत्या प्रकरण सेलाउन नपाउँदै फेरि एक वृद्ध दम्पतीको बीभत्स हत्या भएको हो ।

उक्त घटनामा संलग्न रहेको आरोपमा ४ जना पक्राउ परेर अनुसन्धान भइरहेको बेला पुनः अर्को हत्याको घटना सार्वजनिक भएपछि स्थानीयवासी त्रसित बनेका छन् । घटनाबारे प्रहरीले अनुसन्धान अगाडी बढाएको छ भने थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।