
नेपाली बजारमा सुनकाे मूल्य भारी बृद्धि भएकाे छ । आज एकै दिन २० हजार ५ सय रुपैयाँले बढेसँगै सुनकाे मूल्यमा भारी बृद्धि भएकाे हाे ।
हिजाे ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनकाे मूल्य आज एकाएक आकाशिएर प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आजकाे सुनकाे मूल्य अहिलेसम्मकै उच्च हाे ।
त्यस्तै आज चाँदीको मूल्यमा पनि भारी वृद्धि भएको छ । महासंघका अनुसार बुधबार प्रतितोला ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ७ हजार ५ सय ५ रुपैयाँ काराेबार भइरहेको छ ।


