
भोजपुर, १५ माघ । हतुवागढी गाउँपालिका ९ मचुवाबाट अवैध लागूऔषध गाँजा करिब ५ सय किलोग्राम
सहित आमचोक गाउँपालिका ९ बस्ने २९ वर्षीय रूद्र बहादुर श्रेष्ठ समेत ९ जनालाई बिहीबार
बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरीले ना. ७ त ३५० नम्बरको ट्याक्टरलाई जाँच
गर्दा ४३ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी ट्याक्टरमा सवार
उनीहरूलाई पक्राउ गरेको हो ।
हत्या गरेको अभियोगमा पक्राउ
गुल्मी, १५ माघ । आफ्नै छोरा ३ महिनाको सुवास कुमालको हत्या गरेको अभियोगमा इश्मा
गाउँपालिका २ छल्दीटार बस्ने ४६ वर्षीय सन्त बहादुर कुमाललाई बिहीबार बिहान प्रहरीले
पक्राउ गरेको छ ।
सन्त बहादुरले मादक पदार्थ सेवन गरी सुवासको बुधबार राति हत्या गरेको भन्ने खबर
प्राप्त हुनासाथ प्रहरी चौकी हस्तिचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


