Advertisement Banner
Advertisement Banner

११ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

फरार कैदी ग्याङको लुटपाट गर्ने पक्राउ

१६ बिहिबार , माघ २०८२२ महिना अगाडि

फरार कैदी ग्याङको लुटपाट गर्ने पक्राउ

१५ माघ, काठमाडौं । जेनजी आन्दोलनमा प्रहरी हिरासतबाट फरार भएका कैदीले समूह बनाएर उपत्यकामा लुटपाटको आतंक नै मच्चाएकोमा प्रहरीले यो ग्याङलाई पक्राउ गरेको छ । यिनलाई पक्राउ गर्ने प्रहरीले गोली नै चलाउनु परेको थियो । मुख्य नाइके नै जेनजी आन्दोलनको मौकामा हिरासतबाट फरार भएको प्रहरीले खुलासा गरेको छ ।
नाइके डाँका चोरी मुद्दामा पक्राउ परी प्रहरी वृत्त महाराजगञ्ज हिरासतमा थिए, काभ्रे भुम्लु गाउँपालिका ३ घर भएका २३ वर्षीय विनय तामाङ । उनै तामाङ जेनजी आन्दोलनको मौकामा हिरासतबाट फरार भएर ग्याङ नै बनाएर उपत्यकामा लुटपाटको आतंक नै सिर्जना गरेका थिए।
१० जनाको समूह खडा गरी उनले उपत्यकाका विभिन्न ठाउँमा शृंखलाबद्ध लुटपाट गरेको एसएसपी रमेश थापाले बताएका छन् । प्रहरीका अनुसार जेनजी आन्दोलनको मौकामा हिरासतबाट फरार भएका विनय नै यसका मुख्य योजनाकार हुन् ।
लुटेराले रातको समयमा यो समूहले सुनका गरगहना, नगद, मोबाइल लुटपाट गर्ने गरेका थिए । पक्राउ गर्न ९ घन्टा अपरेसन गर्नुपरेको थियो ।
प्रहरीले सार्वजनिक गरेका पक्राउ पर्नेमा काभ्रे भुम्लु गाउँपालिका ३ घर भएका २३ वर्षीय विनय तामाङ, सिन्धुली मरिण गाउँपालिका ५ का २४ वर्षीय आयन माझी, मरिण ७ का ३२ वर्षीय सविन माझी, खोटाङ ज्वलेर्समा काम गर्ने मोरङ पथरीका २३ वर्षीय मनिस रमाइली, काभ्रेको चौरी देउराली १ का २९ वर्षीय पेमा तामाङ, चौरी देउराली १ कै २० वर्षीय सलोन तामाङ, काभ्रेको भुम्लु १ का १८ वर्षीय राजीव भण्डारी, रामेछापको दोरम्भा ८ का ३२ वर्षीय विशाल तामाङ, खोटाङ घर भएका सुनचाँदी कालिगढ २८ वर्षीय विदुर विश्वकर्मा र सिन्धुपाल्चोकको लिसंखुपाखर ३ का २९ वर्षीय फुर्वा तामाङ छन् ।