Advertisement Banner
Advertisement Banner

१८ शनिबार, माघ २०८२9th January 2026, 2:05:00 am

रविदास जयन्तीमा मधेसमा सार्वजनिक बिदा

१७ शुक्रबार , माघ २०८२१९ घण्टा अगाडि

रविदास जयन्तीमा मधेसमा सार्वजनिक बिदा

माघ १८ गते मधेस प्रदेशमा सार्वजनिक बिदा हुने भएकाे छ । मधेस प्रदेश सरकारले प्रदेशमा रविदास जयन्ती (माघ पूर्णिमा) काे सार्वजनिक बिदा दिने निर्णय गरेको हाे ।

प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेशंकरप्रसाद पालले जारी गरेको सूचनामा मन्त्रिपरिषद्को गत मङ्सिर १६ गतेको निर्णयअनुसार माघ १८ गते सार्वजनिक बिदा दिने निर्णय भएकाे उल्लेख गरिएकाे छ ।

सूचना अनुसार मधेस प्रदेशलगायत देशभरिका दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिका साथ मनाउने रविदास जयन्ती (माघ पूर्णिमा) का दिन प्रदेशभित्र बसोबास गर्ने उक्त समुदायको सम्मानस्वरुप सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएकाे छ ।