Advertisement Banner
Advertisement Banner

११ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

चितवनमा बस दुर्घटना ३ दर्जन बढि घाइते

१७ शुक्रबार , माघ २०८२२ महिना अगाडि

चितवनमा बस दुर्घटना ३ दर्जन बढि घाइते

आज बिहान सवा ३ बजे तिरकाे समयमा चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बस दुर्घटना हुँदा ३ दर्जन भन्दा बढि घाइते भएका छन् । दाङबाट काठमाडौंतर्फ आइरहेको लुम्बिनी प्रदेश ०२-००१ ख ०४६० नम्बरको नाइट बस पल्टिँदा ३८ जना घाइते भएका हुन् ।

दाङबाट काठमाडौंतर्फ आइरहेको बस चितवनकाे घुमाउने भन्ने स्थानमा सडकमै पल्टिएको प्रहरीले जनाएकाे छ । उक्त दुर्घटनाका घाइतेहरुलाई प्रहरीले उद्धार गरी उपचारका लागि भरतपुर लगायतका विभिन्न अस्पताल पठाएको बताइएकाे छ ।

अहिले मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिङमा ६ जना घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार बस पल्टिएपछि सडक अवरुद्ध भएकोमा अहिले सडक खुलिसकेको बताइएकाे छ ।